प्रेस चौतारीमा प्रवेश गरेका विश्वमणि सुवेदीलाई प्रेस संगठनले गर्यो कारवाही
समाधान संवाददाता
२०८१ माघ ४ गते १५:१७

काठमाडौं। पदाधिकारीको टोलीसहित प्रेस चौतारी प्रवेश गरेका प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीलाई उनको संगठनले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
संगठनका उपाध्यक्ष नवराज छतकुलीले सुवेदीलाई विधानविपरीत गतिविधिमा संलग्न भएको भन्दै कारवाही गरेको जनाएका छन्।
सुवेदीले नेपाल पत्रकार महासंघको निर्वाचनमा संगठनका उम्मेदवारको विरोध गरेको, संगठनको बैठक नबसेको, आर्थिक पारदर्शिता नराखेको आरोप छ । प्रेस संगठनले यो कदमलाई अनुशासनहीन र संगठनविरोधी गतिविधिका रूपमा लिएको छ।
प्रेस संगठन नेपालले सुवेदीको प्रवेशलाई गम्भीररूपमा लिँदै विधानको दफा ७.१ को (ग) अनुसार निष्कासन गरिएको जनाएको छ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया