हिरासतभित्रका रविको फोटो खिचेका भुसालसँग ५० हजार धरौटी

पोखरा ।
प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको अभियोग लागेका डा. निकोलस भुसाललाई ५० हजार रुपैयाँ धरौटी राख्न अदालतले आदेश गरेको छ ।
जिल्ला अदालतका कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले शुक्रबार उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । यद्यपि उनी प्रहरी नियन्त्रणमा थिएनन् । पुस ७ गते पक्राउ परेका उनी अदालतकै आदेशमा हाजिर जमानीमा छुटेका थिए ।
त्यसरी छुटेका भुसाल विरुद्ध बिहीबार सरकारी वकिलको कार्यालये विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) को कसुरमा भुसाललाई १ लाख जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा हालेका थियो । बिहीबार भने उनी आफ्नो मुद्दामा बयान दिन अदालत उपस्थित भएका थिए । बयान बिहीबार सकिएपछि शुक्रबारसम्म चलेको थियो । बयान नसकिएको हुँदा बिहीबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
गत २९ मंसिरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका भुसालले सिसी टिभी मनिटरबाट लामिछानेको फोटो खिचेका थिए । त्यही फोटो भुसालले सामाजिक सञ्जालमा राखेकाथिए । भुसालले आफूले त्यो फोटो नजानेर खिचेको बताएका थिए । भुसालले विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजन समेतमा आँच पु¥याउने, गोपनीयता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामा प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग लगाइएको थियो ।
तपाईको प्रतिक्रिया