धनगढीमा अटोवेज प्रालिको शाखा

पोखरा । बुल मसिन इन्डिया प्रालिको नेपालका लागि आधिकारिक बिक्रेता अटोवेज प्रालिले आफ्नो शाखा कार्यालय धनगढी उपमहानगरपालिका–१३ बाट शुभारम्भ गरेको छ । अटोवेज प्रालिकी निर्देशक सन्ध्या पौडेल, बिक्री प्रमुख बाबुराम खनाल र निर्माण व्यवसायी संघ धनगढीका अध्यक्ष टेकबहादुर मल्लले शुक्रबार उक्त शाखाको संयुक्तरुपमा उद्घाटन गरे ।
पोखरामा मुख्य कार्यालय रहेको अटोवेज प्रालि नेपालभर विभिन्न व्यवसायमा लगानी गर्दै आएको अग्रणी औद्योगिक समूह हो । यस समूहले मणिपाल टिचिङ अस्पताल, स्विफ्ट ट्राभल, होटल, हाइड्रोपावर, प्रतिभा कलेजजस्ता क्षेत्रमा पनि लगानी गरेको छ । अटो व्यवसाय अन्तर्गत टोयोटा, आयसर, कोमात्सु मेसिन लगायतका सवारी साधन तथा निर्माण उपकरणहरूको बिक्री–वितरण गर्दै आएको अटोवेजले विगत २५ वर्षदेखि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
कार्यक्रममा बोल्दै निर्देशक पौडेलले धनगढी शाखाबाट बिक्री तथा बिक्रीपछिका सम्पूर्ण सेवाहरू एकै स्थानमा उपलब्ध हुने बताउँदै आगामी एक वर्षभित्र नेपालका सबै प्रमुख सहरहरुमा बुल मसिनको सेवा विस्तार गर्ने योजना रहेको जानकारी गराइन् । हाल अटोवेज प्रालिको मुख्य कार्यालय पोखरामा र कर्पोरेट कार्यालय काठमाडौंमा छ । यसअघि नै काठमाडौं, चितवन, बुटवल, इटहरी र दाङमा अटोवेजका शाखाहरू स्थापना भइसकेका छन् ।
नयाँ शाखाबाट बुल इन्डियाद्वारा उत्पादित ४५ हर्ष पावरदेखि १०० हर्ष पावरसम्मका ब्याकु लोडर, लोडर लगायत निर्माण कार्यमा प्रयोग हुने कन्ट्रक्सन इक्विप्मेन्ट बिक्री–वितरण गरिने छ ।
कार्यक्रममा निर्माण व्यवसायी संघ धनगढीका अध्यक्ष मल्लले नेपालभर प्रभावकारी सेवा पुर्याउन शुभकामना व्यक्त गर्दै अटोवेजको सफलताको कामना गरे। अटोवेज ग्रुपका अध्यक्ष नारायणप्रसाद पौडेलले शुभकामना सन्देश पठाउँदै ग्राहकको विश्वासले नै अटोवेजलाई यहाँसम्म पुर्याएको र भविष्यमा अझै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निर्देशक पौडेलले कम्पनीको २४ घण्टा उपलब्ध रहने र्यापिड एक्सन टिमले नेपालका जुनसुकै भौगोलिक क्षेत्रमा छिटो सेवा पुर्याउन तयार रहेको जानकारी दिइन् । अध्यक्ष मल्लले यस्ता सेवाहरूले निर्माण कार्यमा प्रयोग भएका मेसिनहरूमा आउने समस्याहरू समयमा समाधान गर्न मद्दत पुर्याउने र निर्माण कार्य समयमा सम्पन्न गर्न योगदान दिने विश्वास व्यक्त गरे ।
उदघाटन कार्यक्रममा बुल इन्डिया प्रालिका कन्ट्री हेड राकेश पण्डित, धनगढीका विभिन्न व्यावसायिक घरानाका प्रतिनिधि, निर्माण व्यवसायी संघका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया