यामबहादुर स्मृति फुटसल ११ गते

पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ए साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १८ बाट प्रतिभावान खेलाडीको विकास गर्ने मञ्चको उदेश्य छ । पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ ११ र १२ गते हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्चका अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए ।
प्रतियोगिताका विजेतालाई नगद ६० हजार र दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिनेछ ।
तपाईको प्रतिक्रिया