फोनिज कास्की अध्यक्षमा बिनु

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु) चयन भएकी छन् । फोनिज कास्कीका शुक्रबार पोखरामा सम्पन्न अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका तामाङ, सहसचिवमा प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् । सदस्यहरुमा अल्चना श्रेष्ठ, हुमबहादुर गुरुङ, बिनिता राना (सोनु) र वर्षा गुरुङ चयन भएका छन् । बाँकी ४ सदस्य पछि थप गरिने जनाइएको छ ।
यसअघि अधिवेशनको फोनिज गण्डकीका ईञ्चार्ज मानबहादुर घर्ती (एमबी आस्था) र तमु धिँ नेपालकी संस्थापक अध्यक्ष तथा समाजसेवी कर्मकुमारी गुरुङले उद्घाटन गरेका थिए ।
कार्यक्रममा ईन्चार्ज आस्थाले पत्रकारिता पेसामा आफ्नो भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न पत्रकार हिच्किचाउन नहुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी छ ।’ सरकारले पत्रकारको संघसंस्थालाई गर्ने सहयोगमा विशेष महत्व दिनुपर्ने उनको भनाइ थियो । नयाँ नेतृत्वले आदिवासी जनजाति समुदायका व्यक्तिको पत्रकारिताको क्षेत्रमा संख्या बढाउनुुपर्नेमा उनले जोड दिए । पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेको संख्या धेरै भए पनि उनीहरुलाई यही पेसामा टिकाइराख्नु चुनौती बन्दै गएको उनले सुनाए ।
कार्यक्रममा समाजसेवी कर्मकुमारी गुरुङ, फोनिज गण्डकीका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, फोनिज गण्डकी उपाध्यक्ष खिमाकुमारी गुरुङलगायले आदिवासी जानजातिको मुद्दामा फोनिजकर्मीहरुले कलम र क्यामेरा चलाउनुपर्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया