जिबी राईको राहदानी रद्द गर्न आदेश

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न निर्देशन दिएको हो ।
जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार राहदानी विभागमा पत्र पठाएर रद्द प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । उनले भने, ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा विचाराधीन अवस्थामा छ । जिबी राई विदेशमा रहेको सूचना प्राप्त भएकाले राहदानी रद्द गरी कानुनी प्रक्रिया अघि बढाउने उद्देश्यले अदालतले अनुमति दिएको हो ।’
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जिबी राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउन राहदानी रद्द गर्न माग गर्दै जिल्ला अदालत कास्कीमा पुस २८ मा निवेदन दिएको थियो । पुस २९ कै लागि पेसी तोकिएको भए पनि त्यो दिन निवेदन हेर्न नभ्याइनेमा परेको थियो । जिबी राइ अध्यक्ष रहेको सूर्यदर्शन सहकारीको रकम अपचलन भएपछि सदस्यहरुले उनीसहित रवि लामिछाने लगायतलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । लामिछाने जिल्ला अदालत कास्कीको आदेशले ६५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।







अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया