कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्न समय सीमा तोकेर परिपत्र
पोखरा । नेपाली कांग्रेसले तल्ला तहका समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय सीमा तोकेर परिपत्र गरेको छ महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरिएको समिति सदस्य प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
सदस्य स्नेहीका अनुसार एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको नामावली बुझाइ सक्नुपर्नेछ । यस्तै एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फारम बुझाउनु पर्ने उल्लेख गरिएको छ।
समिति सदस्य रसाइलीका अनुसार माघ १४ गते प्रदेशसभा क्षेत्रीय समितिले पालिका समितिलाई र गाउँ नगरले माघ १५ गते वडा तहमा क्रियाशील सदस्यताको नामावली अनिवार्य बुझाउनुपर्ने गरी समितिले परिपत्र गरेको छ ।
बुधबार गरिएको परिपत्र अनुसार वडाले फागुन १ गते पालिका तहमा शुल्क सहित नामावली बुझाउनुपर्ने उल्लेख गरिएको रसाइलीले जानकारी दिए । यस्तै, फागुन १०भित्र पालिकाले प्रदेश सभा क्षेत्रीय समितिमा, क्षेत्रीय समितिले फागुन २० भित्र प्रदेश सभा क्षेत्रमा तथा प्रदेश सभाले फागुन मसान्त भित्र क्षेत्रीय कार्यसमितिमा पठाउनुपर्ने उल्लेख छ ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिले चैत १५ र जिल्लाले चैत २९ गते ३ बजेभित्र केन्द्रीय कार्यालयमा शुल्क सहित पठाउन परिपत्र गरिएको रसाइलीले जानकारी दिए ।








मदिरा सेवनपछि विवाद हुँदा पोखराको भद्रकालीमा साथीको हत्या, एक जना पक्राउ
एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया