पोखरा ३३ का आमा समूह र विद्यालयसँग कांग्रेस

समाधान संवाददाता २०८१ माघ ५ गते १७:२४

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भन्ज्याङमा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान सञ्चालन गरेको छ । त्यस क्षेत्रमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर काँग्रेसले छलफल गरेको हो ।

Advertisement

नागरिकका समस्या बुझ्ने, पार्टीबाट गरिएको अपेक्षाबारे जानकारी लिने र सार्वजनिक चासोका विषयमा विशेष प्राथमिकता दिएर अभियान जारी रहेको नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

अभियानका लागि पोखरा ३३ को प्रतिनिधिसमेत रहेका सहसचिव सिग्देलले जनताको आशा, विश्वास, भरोसा र आवश्यकतालाई शिरमा राखेर अघि बढ्ने उल्लेख गरे । अभियानका क्रममा प्रतिनिधि नेपाली काँग्रेस कास्की क्षेत्र नं ३(क)का सचिव प्रकाशचन्द्र सापकोटा र पोखरा महानगर पालिका वडा नं ३३ का सभापति तिलक अधिकारीले अभियानबारे जानकारी दिए ।

कार्यक्रममा आमा समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक रुपेन्द्र प्रभावीले विविध विषयबारे ध्यानाकर्षण गराएका थिए । अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया