पोखरा ३३ का आमा समूह र विद्यालयसँग कांग्रेस

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भन्ज्याङमा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान सञ्चालन गरेको छ । त्यस क्षेत्रमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर काँग्रेसले छलफल गरेको हो ।
नागरिकका समस्या बुझ्ने, पार्टीबाट गरिएको अपेक्षाबारे जानकारी लिने र सार्वजनिक चासोका विषयमा विशेष प्राथमिकता दिएर अभियान जारी रहेको नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
अभियानका लागि पोखरा ३३ को प्रतिनिधिसमेत रहेका सहसचिव सिग्देलले जनताको आशा, विश्वास, भरोसा र आवश्यकतालाई शिरमा राखेर अघि बढ्ने उल्लेख गरे । अभियानका क्रममा प्रतिनिधि नेपाली काँग्रेस कास्की क्षेत्र नं ३(क)का सचिव प्रकाशचन्द्र सापकोटा र पोखरा महानगर पालिका वडा नं ३३ का सभापति तिलक अधिकारीले अभियानबारे जानकारी दिए ।
कार्यक्रममा आमा समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक रुपेन्द्र प्रभावीले विविध विषयबारे ध्यानाकर्षण गराएका थिए । अभियान अन्तर्गत पोखरा ३३ को तल्लो पुडीमा आइतबार कार्यक्रम भएको थियो ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया