सुनगाभा कपको उपाधि गैह्राखोलालाई

समाधान संवाददाता २०८१ माघ ५ गते १७:३३

पोखरा । स्याङ्जाको हरिनास २ गुर्जास्थित सुनगाभा युवा क्लबले आयोजना गरेको सुनगाभा कपको उपाधि गैह्राखोलाले जितेको छ । क्लबको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा गैह्राखोलाले सालडाँडा जामुने समूहलाई ३–२ सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

Advertisement

उपाधिसँगै गैह्राखोलाले ४५ जहार ४५ रुपैयाँ कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले ३० हजार ३० रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो भएको आयोजक सुनगाभा युवा क्लबले १५ हजार १५ रुपैयाँसहित कप, मेडल र प्रमाणप्राप्त प्राप्त गरेको छ । उत्कृष्ट विधातर्फ बेस्ट सेटरमा सालडाँडा जामुनेका समित थापा, बेस्ट स्पाइकरमा गैह्राखोलाका समीर मानन्धर, बेस्ट ब्लकरमा गैह्राखोलाका संगम मानन्धर, बेस्ट लिवेरोमा सालडाडा जामुनेका सन्जित थापा र बेस्ट प्लेयरमा गैह्राखोलाका सागर मानन्धर घोषित भए ।

कार्यक्रममा हरिनास गाउँपालिका अध्यक्ष खीमनारायण मानन्धर, वडाध्यक्षहरु चित्रबहादुर थापा, सन्तबहादुर थापा, समाजसेवी पर्शुराम सिग्देल, सेतीमाया थापा लगायतले पुरस्कार वितरण गरेका थिएसमापन समारोह खेल संयोजक मधु थापा सिञ्जालीको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया