सफलको फार्म बफेलो मिल्क अब पोखरामा

पोखरा । लक्ष्मी ग्रुप अन्तरगतको सुजल डेरी प्रालिले पोखराका उपभोक्ताका लागि ताजा र स्वादिष्ट दूध बजारमा ल्याएको छ । फार्म बफेलो मिल्कको ब्रान्डमा सफलले उपभोक्ताले चाहेको स्वादको दूध ल्याएको कम्पनीले जनाएको छ । फार्मका स्वस्थ र सफा वातावरणमा रहेका भैंसीबाट दूध संकलन गरी, प्रत्येक उत्पादन प्रक्रियालाई अत्यन्तै ध्यानपूर्वक व्यवस्थापन गरेर सफलले नयाँ ब्रान्डको उत्पादन ल्याएको हो ।
पोखरा बजारमा उपभोक्ताहरूको गुणस्तर प्रमाणित उत्पादनतर्फको माग बढ्दै गइरहेको परिवेशमा खुला दूधको अस्थिर गुणस्तर र मिसावटका कारण दैनिक समस्यालाई समाधान गर्नका लागि आइएसओ २२०००:२०१८ प्रमाणित कम्पनी सुजल डेरीले यो नयाँ उत्पादन ल्याएको जनाएको छ ।
सफल फार्म बफेलो मिल्कमा ५.५ प्रतिशत फ्याट र ८.५ प्रतिशत एसएनएफ रहेको छ । बाक्लोपनले गर्दा यस दूधबाट स्वादिलो, सुगन्धित र उच्च गुणस्तरीय नौनी सजिलै बनाउन सकिने कम्पनीले जनाएको छ । नेपाली परम्परागत परिकारहरूलाई अझै स्वादिलो बनाउन वा नयाँ परिकारहरूमा नौनी प्रयोग गर्न सफल फार्म बफेलो मिल्क सबैभन्दा उपयुक्त छ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नौनी बनाउन मात्र नभई सफल फार्म बफेलो मिल्क पिउनको लागि पनि उत्कृष्ट छ। यसको मिठो स्वाद र पौष्टिकताले सम्पूर्ण परिवारलाई स्वस्थ र सन्तुलित आहार प्रदान गर्छ। साथै, सफल फार्म बफेलो मिल्कलाई विभिन्न हानिकारक किटाणुहरुलाई निष्कृय बनाइ यसको प्राकृतिक स्वाद र पौष्टिकता कायम राख्दछ।
सफल फार्म बफेलो मिल्क पारदर्शी प्याकेजिङमा उपलब्ध छ । जुन उपभोक्ताहरूले दूधको गुणस्तर र शुद्धताको महसुस गर्न सक्ने कम्पनीको दाबी छ । केवल स्वादिलो मात्र नभई, स्वस्थ जीवनशैलीलाई पनि समर्थन गर्ने पोषणयुक्त उत्पादन फार्म बफेलो मिल्क पोखराको बजारमा आधा लिटरको ७० रुपैयाँमा उपलब्ध छ ।
तपाईको प्रतिक्रिया