कृषि विकास बैंकको ५८ युनिट रगत संकलन
समाधान संवाददाता
२०८१ माघ ६ गते १६:५७

पाेखरा ।
कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेश समिति पोखराद्वारा बैंकको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५८ युनिट रगत संकलन भएको छ।
कार्यक्रम संघका प्रदेश अध्यक्ष सन्तोष थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य, बीफु नेपालका महासचिव ऋषी राम रेग्मी, कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश, पोखराका निर्देशक घनेन्द्र अधिकारी लगायतकाे उपस्थीति थियाे ।
कार्यक्रममा स्वागत मन्तव्य भीमबहादुर थापाले राखेका थिए भने सञ्चालन प्रदेश समितिका सचिव सुमन सुवेदीले गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया