प्रदेश टेबुलटेनिस संघमा उत्तम

समाधान संवाददाता २०८१ माघ ६ गते १९:१३

पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै भएको प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा किसन जिसी, सचिव अनुष कुँवर, कोषाध्यक्ष भीममाया गुरुङ (ज्योति) र सहसचिव शिवप्रसाद न्यौपाने (नवलपुर) छन् ।

Advertisement

सदस्यहरुमा क्षितिज गुरुङ (मनाङ), विकासकृष्ण नकर्मी (कास्की), दीपकराज गिरी (कास्की), अविश्चल भुजेल (स्याङ्जा), खुमबहादुर कार्की (तनहुँ) र दर्पण श्रेष्ठ (स्याङ्जा) सर्वसम्मत बने । संघमा एक उपाध्यक्ष र एक सदस्य प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरेपछि संघ १३ सदस्यीय हुनेछ ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वोजकुमार गुरुङले खेलकुदको विकास र राम्रा खेलाडी उत्पादनमा प्रदेश खेलकुद परिषद सधैं तत्पर रहने बताए । उनले २०८१ चैत २३ गतेदेखि हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्न चाँडै नै बन्द प्रशिक्षणको तयारी भएको उल्लेख गरे ।

संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल टेबुलटेनिस संघका उपाध्यक्ष एवं केन्द्रका प्रतिनिधि प्रकाश पौडेल, प्रदेश खेलकुद परिषद गण्डकी कार्यकारी सदस्य दिलबहादुर गुरुङ, परिषदका बोर्ड सदस्य केशव पाठक, गंगाराज पौडेल र संघका सचिव अनुप श्रेष्ठले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया