राष्ट्रिय महिला लिग फुटबलमा वालिङमाथि आर्मीको सनसनीपूर्ण जीत

समाधान संवाददाता २०८१ माघ ६ गते १९:५८


पोखरा। विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिकाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ ।

Advertisement

एन्फा मैदानमा आइतबार भएको सुपरलिगको दोस्रो चरणको खेलमा आर्मीले वालिङलाई ६–१ गोलले हरायो । जितसँगै आर्मीले क्वालिफायर–१ मा स्थान बनाएको छ । आर्मीको जितमा चन्द्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।

अर्को गोल विमला चौधरीले थपिन् । वालिङकी मिना देउवाले सान्त्वना गोल फर्काइन् । जितसँगै आर्मीले ७ खेलबाट १६ अङ्क बनाएको छ । हारसँगै वालिङ प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया