एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण
समाधान संवाददाता
२०८१ माघ ६ गते २०:०४

पोखरा । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
कास्कीको पोखरास्थित नेपाल भारत मैत्री पुस्तकालय सञ्चालन गर्न बैंकले उक्त सहयोग गरेको हो । बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गुरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रूपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लेफ्टिनेन्ट कर्नल प्रशान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया