सोनाम ल्होछारका अवसरमा तामाङ घेदुङ पोखराको शुभकामना, सांस्कृतिक कार्यक्रम

पोखरा । नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले २८६१ औॅं सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गरेको छ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले विशेष संस्कृतिको धनी तामाङ जाति आदिमकालदेखि नै नेपालमा रही मातृभूमिको सेवामा समर्पित स्वाभिमानी जाति भएको बताए । साथै पोखरालाई पर्यटकीय नगरी बनाउन यहाँको प्राकृतिक स्रोतको मात्र नभई यहाँ बसोबास गर्ने तामाङ लगायतका आदिवासी जनजातिको आफ्नै मौलिक भाषा,भेषभूषा,संस्कार र संस्कृतिको पनि विशेष भूमिका रहेको पनि उनको भनाइ थियो । तामाङ घेदुङ कास्की जिल्लाको भवन निर्माणार्थ ९० लाख बजेट बिनियोजनका लागि पहल गरदिएका गुरुङले सोनाम ल्होछार पर्व तामाङ जातिको मात्र नभई सिङ्गो नेपालको राष्ट्रिय पर्व हो र हुनुपर्छ भने ।
कार्यक्रममा तामाङ घेदुङ संघीय उपाध्यक्ष दीपक वाइबा, तामाङ घेदुङ संघीय सदस्य सुन्दर थोकर, तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त डुम्जन तामाङ, तामाङ घेदुङ कास्कीका पूर्व अध्यक्ष कृष्णबहादुर तितुङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका उपाध्यक्ष मिनमाया डुम्जन तामाङ,पोखरा महानगरपालिका वडा नं.१३ का जनप्रतिनिधि सुचिता तामाङ, बैदाम तामाङ इकाई समितिका अध्यक्ष ज्याक तामाङ लगायतले शुभकामना व्यक्त गरे । कार्यक्रममा नेपाल तामाङ घेदुङ पोखरा महानगर अन्तर्गतका विभिन्न इकाइद्वारा तामाङ मौलिक म्हेन्दोमाया तथा सेलो नृत्य प्रस्तुत गरिएको थियो।

बैदाम तामाङ इकाई समितिका ताम्बा समूहद्वारा (साङशेर्ग्याम्) शुद्धाशुद्धीकरण गरी सुरु भएको औपचारिक
कार्यक्रम जंगराज ब्लोन तामाङको स्वागत मन्तव्य,बैदाम तामाङ इकाई समितिद्वारा आयोजित मिस तामाङ पोखरा २०२५का प्रतियोगीहरुको स्वागत नृत्य ,गंगा ग्याबा तामाङको संचालन तथा अन्जना डुम्जन तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया