अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेमा पदाधिकारीहरूको मनोनयन

पोखरा । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) युकेको पाँचौ कार्यकालका लागि नयाँ पदाधिकारीहरूको मनोनयन गरिएको छ । गोर्खा क्याप्रिकनमा बसेको संस्थाको पूर्ण बैठकले पदाधिकारी चुनेको हो ।
बैठकले इन्जिनियर विज्ञान कार्कीलाई प्रवक्ता, इन्जिनियर सुन्दर पण्डितलाई नीति तथा निर्माण संयोजक र इन्जिनियर शत्रुधन साहलाई खेलकूद संयोजकको रूपमा चयन गरिएको छ। त्यसैगरी, अर्जुन शर्मा पाण्डेलाई स्टुडेन्ट रिलेसन अफ़िसर, इन्जिनियर विवेक ढकाललाई संगीत संयोजक र राजन तिवारीलाई भाषा तथा संस्कृति संयोजकको रूपमा मनोनयन गरिएको छ।
इन्जिनियर विजय विश्वकर्मा नृत्यकला संयोजक, आयूशा थापा, पूनम शाही ठकुरी, इन्जिनियर विपुल बरैली, इन्जिनियर मिलन कार्की र इन्जिनियर अमन ठाकुरलाई सदस्यको रूपमा नियुक्त गरिएको छ।
बैठकमा संस्थाका अध्यक्ष सञ्जयभक्त कँडेल, ग्लोवल प्रतिनिधि सुशील प्रजापती, इनास ग्लोबल उपाध्यक्ष मनिष श्रेष्ठ, पूर्व अध्यक्ष विनोद चिपालु, इनास युकेकी उपाध्यक्ष सविना श्रेष्ठ, महासचिव सवेन्द्र अधिकारी, सचिव लाल शिवयोगी, कोषाध्यक्ष लालमणि भट्टराई, र केन्द्रीय सदस्य अमृता पाण्डे लगायतको उपस्थिति थियो।
इनासका शुभचिन्तक हरि कार्कीले अनलाइन सम्बोधन गर्दै आगामी इनास विज आइडल कार्यक्रमका बारेमा बताएको प्रवक्ता विज्ञान कार्कीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया