कर्मचारी युनियन माछापुच्छ्रेमा ओमप्रकाश विश्वकर्मा

समाधान संवाददाता २०८१ माघ ७ गते ५:४०

पोखरा । नेपाल निजामती कर्मचारी युनियन माछापुच्छ्रे गाउपालिका कार्य समिति अध्यक्षमा ओमप्रकाश विश्वकर्मा निर्वाचित भएका छन् । आइतबार भएको अधिवेशनबाट उनीसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत चयन गरिएको युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

उपाध्यक्षमा चोलाकान्त रेग्मी, उपाध्यक्ष समावेशीमा सिता पौडेल, सचिवमा उदय बराल, सहसचिव दिपेन्द्र रानाभाट र कोषाध्यक्ष केशव अधिकारी चुनिए ।

यसैगरी सदस्यमा मोहन पौडेल, गुणराज अधिकारी, बलराम अधिकारी, केशमाया गुरुङ्ग, सिता आचार्य र सागर पौडेल चुनिए ।

माछापुच्छ्रे गाउँ पालिकाको उप प्रमुख सीता अधिकारीले उदघाटन गरेको कार्यक्रममा युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी अध्यक्ष दीपक रेग्मी, जिल्ला अध्यक्ष सुरेशकुमार श्रेष्ठ समेतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया