सनसिल्क भाइब्सका विजेता घोषणा

समाधान संवाददाता २०८१ माघ ७ गते १९:५८

काठमाडौं । युनिलिभरको ब्राण्ड सनसिल्कले ‘सनसिल्क भाइब्स’ सिजन ४ का विजेताहरूको घोषणा गरेको छ । आकृति अर्याल, मनीषा लामा र सुहाना ठाकुर विजेता भएका हुन् । तीनैजना आफ्नो युनिक स्टाइल र सृजनात्मकताका साथ अरूभन्दा अघि पुगेका थिए ।

Advertisement

प्रत्येक विजेताले १ लाख रुपैयाँ प्राप्त गरे । यस वर्षको सनसिल्क भाइब्स अभियानले विभिन्न प्लेटफर्महरूमा २२.९ मिलियन भ्युज उत्पन्न गर्दै नयाँ उचाइ लिएको छ । अतुलनीय प्रतिक्रियाले सनसिल्कको आफ्ना दर्शकहरूसँगको बलियो सम्बन्ध र कपालको माध्यमबाट व्यक्तित्व मनाउने बढ्दो उत्साह देखाएको छ ।

यो वर्ष नेपालभरिका सहभागीले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरेका थिए । युनिलिभरको ब्राण्ड ‘सनसिल्क दशैं भाइब्स’ अभियानको ३ वर्षको लगातार सफलतापछि सनसिल्कले यस पहललाई नयाँ उचाइमा लागेको छ । सहभागीहरूले आफ्ना सनसिल्क भाइब्स सामाजिक सञ्जालमा सेयर गरेका थिए ।
उनीहरूको प्लेफुल, स्लीक, फेस्टिभ र बोल्ड हेयरस्टाइलहरू देखाएको थियो । यो अभियान माघ ४ गते वर्षको सनसिल्क ग्याङ अफ गर्ल्सको घोषणासँगै समापन सकिएको छ ।

तपाईको प्रतिक्रिया