मुग्रीवेंसीमा आँखा शिविर

समाधान संवाददाता २०८१ माघ ८ गते १३:३९

पोखरा ।
युवा बौद्ध संघ धर्मशीला बुद्ध विहारले शनिबार मादी गाउँपालिका ९, मुग्रीबेसीमा आयोजनामा निःशुल्क आँखा शिविर गरेको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग, मुग्रीबेसी टोल सुधार समिति, वडा नं. ९ को व्यवस्थापन, तथा जनज्योति आमा समूहको स्थानीय सहयोगमा भएको शिविरमा २ सय ४४ जनाले आँखा परीक्षण गराएका छन् ।

Advertisement


मादी ९ का वडाध्यक्ष मनोज गुरुङले शिविर सुरुआत गरे । धर्मशीला बुद्ध विहारका प्रमुख भिक्षु धज्जवन्तोले पञ्चशील प्रदान गरे । युवा बौद्ध संघका अध्यक्ष कमला थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका सहसचिव प्रीति बुद्धाचार्य, उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुमन शाक्य, अनिश अधिकारी, पूर्व अध्यक्ष सकेन्द्र ताम्राकार, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद नेपाली मीन गुरु लगायतले बोलेका थिए ।


तीमध्ये १ सय ६० जनालाई निःशुल्क चस्मा र आवश्यक औषधी वितरण गरिएको थियो । परीक्षणका क्रममा १६ जनामा मोतियाबिन्दु देखिएको छ । तीमध्ये १४ जनालाई ६ जना कुरुवासहित हिमालय आँखा अस्पताल, घारीपाटनमा लगिएको छ । आइतबार १० जनाको सफल शल्यक्रिया भएको छ भने ४ जनाको शल्यक्रिया स्थगित भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया