उपकार सहकारीको वार्षिकोत्सवमा सहयोग

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ६ मा रहेको उपकार बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सव ज्येष्ठ नागरिकलाई सहयोग गर्दै मनाएको छ । सहकारीले पोखरा ६ मा रहेको शुभकामना ज्येष्ठ नागरिक पार्कलाई १ लाख बराबरको भान्सामा प्रयोग हुने सामग्री वितरण गरेको छ ।
सहकारीका अध्यक्ष सूर्यनाथ पहारीले सोमबार पार्क परिवारलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा वडा नं ६ का वडा सदस्य वासुदेव बरालले ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा र सुविधाको विकासमा वडा कार्यालयले सक्रिय भूमिका खेलिरहेको बताए । उनले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण र प्रवद्र्धन गर्दै उनीहरूको अनुभव, सीप, र ज्ञानलाई राष्ट्रिय विकासमा समाहित गर्न योजनाबद्ध रूपमा लाग्न आग्रह गरे ।
कार्यक्रमका वक्ताहरूले ज्येष्ठ नागरिकले परिवारमा पाउने सेवा, सुविधा र सम्मानमा कमी देखिएको महसुस भएको सुनाए । अध्यक्ष पहारीले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्य गरिरहेको स्मरण गर्दै ज्येष्ठ नागरिकको हकहितको संरक्षण गर्दै उचित सम्मान दिनु आवश्यक रहेको बताए ।
वार्षिकोत्सवको अवसरमा समुदायका ज्येष्ठ नागरिकलाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उनले बताए । कार्यक्रममा नागरिक समाजका कास्की पूर्व संयोजक विष्णुहरि अधिकारी, सहकारीका उपाध्यक्ष सुन्दरराज पहारी, सचिव कुष्णकुमारी पौडेल, ज्येष्ठ नागरिक सदस्य लोकराज पहारी र पार्क उपाध्यक्ष कुन्ता अधिकारीले पनि बोलेका थिए ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया