महिलालाई कुकिङ सिकाइयो

दुलेगौडा ।
घरको भान्छामासक्रिय रहने महिला तथा गृहणीको उपस्थिति व्यवसायिक पाककलाको क्षेत्रमा भने कम पाइन्छ । महिलाको सहभागिता व्यवसायिक पाककलामा समेत बढाउने उदेश्यले तनहुँको दुलेगौडामा कुक तालिम सञ्चालन गरिएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिका ४ ले यहाँका महिलालाई पाक कलाको विकास गराएर व्यवसायिक बनाउन कुक तालिम दिएको हो । १५ दिनसम्म वडाका १६ महिलालाई तालिम प्रदान गरेको वडा कार्यालयले अब महिलाको घरको भान्छाबाट व्यावसायिक प्रतिष्ठानका भान्छाहरुमा समेत पहुँच पु¥याउन सक्ने विश्वास लिएको छ ।
सोमबार तालिम समापन कार्यक्रममा वडाध्यक्ष राजकुमार वाग्ले ‘राजु’ले व्यक्तिगत सीप, व्यावसायिक जीवन र बढ्दो स्वास्थ्य समस्याको निराकरणका लागि तालिमले टेवा पुग्ने अपेक्षा गरे । वडाले प्रत्यक्ष जीवनमा लागू हुने तालिमलाई जोड दिएको बताउँदै खानपानकै कारण अस्वस्थ बनेको सहरिया जीवनशैलीका लागि यस्ता तालिम महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले महिलाले परम्परागत शैलीको पाककलालाई व्यावसायिक बनाउन सक्ने भन्दै सीपलाई आयआर्जनसँग जोड्न आग्रह गरे । वडा सदस्य मदन श्रेष्ठ, मिना रोका सुनार, प्रशिक्षक संगम राना, शुक्लागण्डकी महिला उद्यमशील समूहकी अध्यक्ष मिरु श्रेष्ठ, प्रशिक्षार्थी सपना श्रेष्ठ लगायतले बोलेका थिए ।
तालिममा सहभागिभएका महिलाले होटल रेष्टुरेन्टमा प्राप्त गरिने विभिन्न परिकार पकाउन सिकेका थिए । वडा कार्यालयको आयोजना र शुक्लागण्डकी उद्यमशील महिला समूहको सहआयोजनामा तालिम भएको हो ।









कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
१ लिटर दूधमा १० रुपैयाँ अनुदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया