रानको खानेपानी समस्या समाधान गर्न मन्त्री र नगरप्रमुखबीच सहमति

समाधान संवाददाता २०८१ माघ ८ गते १५:१०

पोखरा । धरान उप-महानगरपालिकाको खानेपानी समस्याको समाधानका लागि नगरप्रमुख हर्कराज राई (हर्क साम्पाङ) र खानेपानी मन्त्री प्रदीप यादवबीच सहमति भएको छ। नगरप्रमुख राई आज मन्त्रालयमा धरानवासीको खानेपानी समस्या समाधानको माग गर्दै उपस्थित भएका थिए।

Advertisement

खानेपानी मन्त्री प्रदीप यादवले धरानवासीको समस्यालाई गम्भीरतापूर्वक लिँदै खानेपानी परियोजनालाई अघि बढाउन प्रतिबद्धता व्यक्त गरे। मन्त्रीले एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा एकीकृत खानेपानी आयोजनाअन्तर्गत यसै आर्थिक वर्षभित्र खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने योजना सुनाए।

मन्त्री यादवका अनुसार धरान उप-महानगरपालिकाले खानेपानी आयोजना कार्यान्वयनका लागि आवश्यक जग्गा उपलब्ध गराउने जिम्मेवारी लिनेछ। मन्त्रालयले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई दिने र परियोजनाको प्रक्रिया शीघ्र अघि बढाउने प्रतिबद्धता पनि जनाएको छ।

बैठकका क्रममा मन्त्री यादवले नगरप्रमुख राईलाई धरानको खानेपानी योजनाका लागि अन्यत्र नजान आग्रह गरे। मन्त्रीको सकारात्मक प्रतिक्रियालाई नगरप्रमुख राईले सहर्ष स्वीकार गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किएका छन्।

धरान उप-महानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरानवासीको दिगो विकास र सेवामा निरन्तर लागिरहने बताउँदै खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट प्राप्त सकारात्मक प्रतिक्रियाको प्रशंसा गरे।

Advertisement

यस सहमतिपछि धरानवासीले खानेपानी समस्या समाधानको पर्खाइ टुंगोमा पुग्ने अपेक्षा गरेका छन्। आगामी दिनमा योजनाका थप प्रक्रियाहरूमा तीव्रता आउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया