चार भाइ व्याडमिन्टन कपको तयारी पुरा

पोखरा ।
पाचाैं चार भाई व्याडमिन्टन कप २०८१ को तयारी पुरा भएको छ । चार भाइ युवा क्लवको आयोजनामा ताङलेकोट तमु समाज नयाँगाउँको हलमा माघ ११ र १२ गते प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा मेन्स डवल्स बि लेवल, मेन्स डवल्स सी लेभल र गण्डकी प्रदेश स्तरीय खुला मिक्स डवल गरी तीन वटा खेल समावेश गरीएको खेल संयोजक विष्णु गुरुङले जानकारी दिए ।
बी लेभल विजेताले ४५ हजार, उपविजेताले ३० हजार र तृतीय हुने दुई टीमले समान ८/८ हजार प्राप्त गर्नेछन् । मेन्स डवल्स सी लेवलमा प्रथम पुरस्का ४० हजार दोस्रो २५ हजार तेस्रो हुने २ समुहले रु ७/७ हजार प्राप्त गर्नछन् ।
प्रदेश स्तरीय खुला मिक्स डवल्समा खुल्ला तर्फ प्रथम हुने टीमले २५ हजार द्धितिय हुने टीमले १५ हजार र तृतीय हुने टीमले समान ६÷६ हजार प्राप्त गर्ने अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।
प्रतियोगितामा धादिङ, चितवन, पाल्पा, गुल्मी लगायतका जिल्लाबाट पनि सहभागी हुने आयोजकले बताएको छ । गत वर्षको संस्करणमा १५० भन्दा बढी टीमको सहभागीता थियो ।
टीम दर्ता माघ १० गते साँझ साढे पाँच बजेसम्म गर्न सकिने चार भाई युवा क्लवका सदस्य बम गुरुङले जानकारी दिए । प्रतियोगिताबाट बचत रकम अनाथ, असाहाय, बालगृहमा सहयोग गरीने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया