गण्डकीको हिउँदे अधिवेशन माघ २१ मा

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रदेश सभाको बर्खे अधिवेशन असोज ८ गते अन्त्य भएको थियो । प्रदेश सभाका विषयगत समितिमा २ वटा विधेयक विचाराधीन रहे पनि यसबीचमा सरकारले थप विधेयक दर्ता गराएको छैन । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हिउँदे अधिवेशनमा कम्तीमा पनि १० वटा विधेयक पारित गर्ने गरी सरकारले तयारी गरेको सार्वजनिक लेखा समितिको बैठकमा केही अघि जानकारी गराएका थिए ।
एकल अधिकारका सूची र केही साझा अधिकार सूचीमा रहेका विषयमा समेत विधेयक बनाएर सदनमा लैजाने तयारीमा सरकार छ । धेरै विषयहरुमा संघले कानुन बनाउन बाँकी रहेकाले प्रदेशले कुरेर बसेको अवस्था छ । बैठकमा मुख्यमन्त्री पाण्डेले भनेका थिए, ‘संघले पछि बनाउने ऐनसँग बाझिएमा स्वत अमान्य भइहाल्छन्, माथिको कुरेर बस्दा हामी पछि परिरहेका छौं ।
त्यसो त प्रदेश सभाबाट पारित भएका ५ दर्जनभन्दा बढी कानुनमध्ये अधिकांश कार्यान्वयनमा आउन सकेकै छैनन् । त्यसतर्फ प्रदेश सभा र सरकारले ध्यान पु¥याउन नसकेको सरकारकै प्रतिनिधिहरुको स्वीकारोक्ति छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया