बगर भाइखलक युकेमा नयाँ नेतृत्व चयन

लन्डन । बगर भाइखलक युकेमा नयाँ नेतृत्व चयन भएको छ । आइतबार अल्डरसटस्थित सुसी मोतो रेस्टुरेन्टमा सम्पन्न संस्थाको तेस्रो अधिवेशनले ओमप्रकाश गुरुङको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ छन् । त्यस्तै, सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, जंगम गुरुङ, जयकुमार सेवा, हिटलर गुरुङ तथा मिडिया सेक्रेटरीमा मिलन तमु र विमल गुरुङ चुनिएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई तमुधिं युके उपाध्यक्ष एवम् ‘एन्फा एम्बासडर’ कमल कोने गुरुङले शपथग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । यसअघि बगर भाइखलक युकेका निवर्तमान समितिका अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा नेपालबाट टीम ल्याएर गोर्खाकपमा सहभागी गराउनुका साथै नेपाल तथा इंग्ल्यान्डबीचको फुटबल खेल सफल बनाउन सक्रियतापूर्वक सहभागी लगायतका कार्य भएको जानकारी गराए । उनले नयाँ अध्यक्ष र कार्यसमितिलाई पनि साथ, सहयोग दिन सबैलाई आव्हान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तमुधिं युके पूर्व अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ, विशिष्ट अतिथि सहारा युके अध्यक्ष कृष्ण गुरुङलगायतले पनि नवनिर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
त्यसअघि अधिवेशनलाई अध्यक्षसँगै प्रमुख अतिथि र विशिष्ट अतिथिले पानसमा दीप बालेर उद्घाटन गरेका थिए । कार्यक्रम सञ्चालन तमुधिं युके उपाध्यक्ष एवं एन्फा एम्बासडर कमल कोने गुरुङले गरेका थिए ।
तपाईको प्रतिक्रिया