सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ र धार्मिक पर्यटन महोत्सव हुने

पोखरा । धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित सराङकोटलाई धामका रुपमा विकास गरी यसपटक विशेष धार्मिक र पर्यटन गतिविधिको केन्द्र बन्ने भएको छ।
फाल्गुन १४ गते (महाशिवरात्रि पर्व) देखि फाल्गुन २१ गते सम्म श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महोत्सव हुन लागेको मुल आयोजक समितिको अध्यक्ष प्रेमबहादुर जिसीले बताए ।
सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत विशाल शिवमन्दिर, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भुमे कालिका, गणेश मन्दिर, बहुउद्देशिय भवन को कार्य सम्पन्न गरीएको र सोही दिन उद्घाटन गरिने कार्यक्रम रहेको अध्यक्ष जिसिले बताए। यो महायज्ञ केवल धार्मिक विधिहरूसम्म सीमित नरहने, बरु पोखराको ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्त्वलाई उजागर गर्दै, सराङकोटलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने ठूलो अवसरका रूपमा रहेको छ।
धार्मिक आस्थाको साथसाथै पर्यटकहरूलाई सराङकोटको प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वको अवलोकन गराउने उद्देश्य यस महोत्सवले बोकेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए । महाशिवरात्रि जस्तो पवित्र दिनदेखि आरम्भ हुने यो महायज्ञले धार्मिक अनुयायीहरूको ध्यान तान्ने मात्र होइन, महादेवप्रति भक्तिभाव व्यक्त गर्ने एउटा अनुपम अवसर पनि प्रदान गर्नेछ। यस अवसरमा भागवत ज्ञानको गहिरो अर्थ र शिक्षालाई समाजमा प्रवाह गर्दै धार्मिक एकता र शान्तिको सन्देश फैलाउने अपेक्षा रहेको महायज्ञका प्रमुख वाचक भागवत् भाष्कर पण्डित कमलनयन गौतमले बताए ।
सराङकोट, जो पोखराको प्रसिद्ध पर्यटकीय गन्तव्य हो, प्राकृतिक सौन्दर्य र हिमालको सुन्दर दृश्यावलोकनका लागि लोकप्रिय छ। यो महायज्ञले धार्मिकता र पर्यटनको सम्मिश्रण गर्दै सराङकोटलाई अझ बढी लोकप्रिय बनाउने अपेक्षा गरिएको पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले बताए। यो महायज्ञले स्थानीय उत्पादन र व्यवसाय प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछ। धार्मिक र पर्यटकहरूको आगमनले स्थानिय अर्थतन्त्रमा सकारात्मक प्रभावका लागि स्थापित अन्नपूर्ण केबुलकार मार्फत निर्माण अन्तिम तयारीमा रहेको नेपालकै पहिलो पञ्चमुखी गणेश मुर्तिले पोखरामा धार्मिक पर्यटकको आगमन बढ्ने केबुलकारका अध्यक्ष कालु गुरुङले बताए।
धार्मिक आस्था, पर्यटन प्रेम, र सांस्कृतिक महत्त्वलाई आत्मसाथ गर्दै फाल्गुन १४ देखि २१ सम्म सम्पन्न हुने धार्मिक पर्यटन महोत्सव सम्पन्नकालागि ११११ सदस्य मुल आयोजक समिति र ११ वटा विभिन्न समिति मार्फत स्थानिय संघ संस्था, विभिन्न समुहहरुलाई समेटी तयारी सुरु गरिएको प्रचार प्रसार संयोजक कृष्ण थापाले बताए।








समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया