बेलायतमा क्वोने (घोताने/घोन्डे) गुरुङ समाजको भाइखलक भेटघाट तथा चेलीबेटी भोज

समाधान संवाददाता २०८१ माघ ९ गते ६:१५

पोखरा । क्वोने क्वोने (घोताने/घोन्डे) गुरुङ समाज युकेले समाजको नवौं भाइखलक भेटघाट तथा चेलीबेटी भोज कार्यक्रम विभिन्न कार्यक्रमसहित मनाएको छ ।

Advertisement

समाजका ज्येष्ठ सदस्य एकबहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाइखलक, चेलीबेटी र ज्वाइँहरुलाई सम्मान गर्दै नाचगान, चिठ्ठालगायत मनोरञ्जनात्मक कार्यक्रम भयो ।

प्रमुख अतिथि एकबहादुर गुरुङ, गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङ, संस्थाका कावा अध्यक्ष राम गुरुङ, चेलीबेटी प्रमुख लीना गुरुङ र प्रमुख संरक्षक क्याप्टेन जीवनकुमार गुरुङले कार्यक्रमको संयुक्त उद्घाटन गरेका थिए ।

सो अवसरमा क्वोने गुरुङ समाजले २०२४ सालमा युकेका विभिन्न संघसंस्थाहरुमा अध्यक्ष तथा अन्य पदमा नवनिर्वाचित दाइभाइ, दिदीबहिनी र ज्वाइँहरुलाई सम्मान गरेको थियो । २०२२ को युके स्थानीय चुनावमा बारनेट बरोअन्तर्गत एजवेवरबरी वार्डबाट कन्सरभेटिभ पार्टीको तर्फबाट दोस्रोपटक काउन्सिलरमा विजयी काउन्सिलर लक्ष्य गुरुङ र आजीवन सदस्य सत्रमान गुरुङ तथा कमलादेवी गुरुङको छोरी डा। शारदा गुरुङ ब्रिटिस आर्मीको मेजरमा कमिसन भएकामा बधाई तथा शुभकामना दिइएको थियो ।

तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ र काठमाडौंमा मञ्जुश्री बालबालिका संरक्षण केन्द्र स्थापना गरी समाजसेवामा क्रियाशील चेली माया ९दोर्जी डोल्मा० गुरुङ, गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष ज्वाइँ हितकाजी गुरुङ, तमु संचारकर्मी संघ नेपालका अध्यक्षमा निर्वाचित ज्वाइँ लाला गुरुङ र डायमन्ड बुद्धिष्ट सेन्टर प्लमस्टेडमा अध्यक्षमा निर्वाचित ज्वाइँ योगेश गुरुङलाई सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा प्रमुख प्रायोजकसमेत सम्मान गरिएको थियो ।

Advertisement

क्वोने ९घोतानेरघोन्डे० चेली प्रदेश सांसद सरस्वती गुरुङले बेलायतमा क्वोने गुरुङ समाज युकेले आफ्नो रीतिथिति र संस्कार संस्कृति कायमै राख्दै माघेसंक्रान्ति अवसरमा बर्सेनि चेलीबेटी भोज कार्यक्रम आयोजना गर्नु सह्रानीय भएको बताइन् ।

तमु धिं नेपालका अध्यक्ष हुम क्वोने गुरुङले माघेसंक्रान्तिमा चेलीबेटीलाई भात दिने मौलिक परम्परा र क्वोने गुरुङहरुको बंश ९र्हो० को महत्व दर्शाउँदै क्रेगी ९फेटा० जस्तै सफा अनि स्वच्छ भावनाले समाजसेवा गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख संरक्षक क्या जीवनकुमार गुरुङ, पूर्व अध्यक्ष तथा संरक्षक अनेरी लेप्टेन चन्द्रबहादुर गुरुङ, चेलीबेटी प्रमुख लीना गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार कुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संचालन महासचिव इन्द्र घोथानेले गरेका थिए । सांस्कृतिक कार्यक्रम तथा चिठा कार्यक्रमको संचालन यशोदा गुरुङले गरेकी थिइन् ।

कार्यक्रममा ज्वाइँ यामु गुरुङ, गायक शीतल गुरुङ र गायिका बिमला गुरुङ गुरुङ, लोकदोहोरी गायिका हरिमाया गुरुङले पनि गीत गाए ।

भाइखलक सिरी गुरुङले नृत्य प्रस्तुत गरेकामा तमु समाज युकेले गलबन्दी चिनो भन्ने गुरुङ गीतमा आकर्षक नाच प्रस्तुत गरेको थियो ।

संस्थाका कावा अध्यक्ष राम गुरुङले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने कार्यक्रम संयोजक, कार्यसमिति, चेलीबेटीहरु, प्रायोजकहरु र उपस्थित सबैलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया