पुम्दीकोट जाने बाटो एकतर्फी बनाइने

पाेखरा ।
पर्यटकको चाप बढ्दै गएकोले व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाइएको छ। १५ गतेदेखि लागु हुने गरि पाेखरा महानगरपालिका वडा नम्बर २२ सँगकाे समन्वयमा एकतर्फी बनाउने निर्णय गरिएकाे जिल्ला ट्राफिक कार्यालय कास्कीमा प्रहरी निरिक्षक शाेभा पाण्डेले जानकारी दिइन् ।
दुर्घटना न्युनिकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्ने उद्देश्यले यस्ताे निर्णय गरिएकाे उनले बताइन् । बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न, पर्यटक सहज पुग्ने उनकाे भनाइ छ ।
पाण्डेका अनुसार पुम्दीकोट जाने बेलामा छाेरेपाटन देखि शान्ति स्तुप हुँदै जाने बाटाे जान सकिन्छ भने फर्कँदा कालिमाटीकाे बाटाे फर्कनुपर्ने छ । बाइक स्कुटर त्यही बाटाे फर्कन सक्नेछन् भने अन्य साधन कालिमाटीकाे बाटाे हुँदै फर्कनु पर्ने छ ।
पुम्दीकाेट शिव मन्दिरमा व्यवस्थित पार्किङ, अपांगमैत्री पहुँचमार्ग, र अन्य सुविधाहरु निर्माण भइरहेका छन् । पुम्दीकोट पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको लोकप्रिय गन्तव्य बनेको छ। यहाँबाट पर्यटकहरुले फेवाताल, हिमालका दृश्य, र अन्य धार्मिक तथा सांस्कृतिक आकर्षणहरुको अनुभव लिन सक्नेछन्









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया