लोक कवि अलि मियाँ स्मृति सेभेन ए साइड १३ गतेबाट

समाधान संवाददाता २०८१ माघ ९ गते १८:३८


पोखरा । लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा १३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

Advertisement

समितिले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समितिका अध्यक्ष अब्बास अली मियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । २०७८ मा तेस्रो संस्करणको प्रतियोगिता गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ ।

प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले जानकारी दिए । पोखरा १३ मा रहेको माछापोखरी फुटबल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्वितीय हुने टिमले ८५ हजार पाउने खेल संयोजक अलीले बताए ।

तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्वितीय पुरस्कार ७५ हजारबाट बढाइएको अध्यक्ष अलिमियाँले बताए । विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्ककृत गरिनेछ । बेस्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५/५ पुरस्कार दिइनेछ । प्रतियोगिता गर्न ८ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया