पत्रकारलाई धितोबजार सम्बन्धी तालिम

पोखरा । नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारका लागि धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम आयोजना गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले पत्रकारका लागि नेपालको पुँजी बजार र वस्तु विनिमय बजारको समग्र प्रणालीका बारेमा जानकारी दिनु महत्वपूर्ण रहेको बताए । उनले यस प्रकारका कार्यक्रमले पत्रकारलाई वित्तीय समाचार लेखनमा थप दक्षता प्रदान गर्ने र आम नागरिकलाई आर्थिक सचेतनाका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
उनले समाचार लेखनमा पत्रकारले सत्यता र पारदर्शिता पालन गर्नुपर्नेमा पनि जोड दिए । नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक निरन्जय घिमिरेले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार धितोपत्र बजारको नियमन र विकासका बारेमा जानकारी दिए । उनले पत्रकारहरूलाई बजारको संरचना र नियामक प्रणालीको महत्व बुझ्नका लागि आग्रह गरे ।
कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक मुरारी पराजुली, सिडिएस क्यिरिङका उपप्रबन्धक सुरेश न्यौपाने, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक गौरव बरालले नेपाल धितोपत्र बजारको संरचना, दोस्रो बजारमा राफसाफ र फछ्यौट व्यवस्था, एसएमई प्लेटफर्म र वस्तु विनिमय बजारको नियमन, साथै नेपालका पूँजी बजारमा भएका पछिल्ला विकासबारे सहजीकरण गरेका थिए ।
नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेलले आर्थिक बिटमा कलम चलाउन चाहने पत्रकारको क्षमता वृद्धिका लागि तालिमको आयोजना गरिएको बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष प्रकाश पौडेलले र महासचिव जमुना वर्षा शर्माले पनि बोलेका थिए । तालिमका सहभागीले आर्थिक पत्रकारितामा नयाँ दृष्टिकोण थप्ने र वित्तीय क्षेत्रका गहन र तथ्यपरक समाचार तयार गर्न मद्दत पुर्याने धारणा राखेका थिए । तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ५० पत्रकारको सहभागिता थियो ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया