गण्डकी प्रदेशको कृषि सचिवमा वासुदेव रेग्मी
समाधान संवाददाता
२०८१ माघ ११ गते ६:२५

पोखरा । गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा वासुदेव रेग्मी पदस्थापन भएका छन् । यसअघिका सचिव डा. टंकप्रसाद प्रसाईंको अनिवार्य अवकाश भएपछि खाली रहेको उक्त पदमा गण्डकी प्रदेश सरकारले रेग्मीलाई नियुक्त गरेको हो ।
रेग्मी यसअघि प्रदेशकै कृषि विकास निर्देशनालयमा महानिर्देशक थिए । २०७९ मा सहसचिवमा बढुवा भएका रेग्मीलाई संघीय सरकारले कामकाजका लागि गण्डकीमै खटाएको थियो । त्यतिबेला सहदेव हुमागाईं सचिव भएर आएपछि रेग्मी निर्देशनालयमा गएका थिए । हुमागाईं गण्डकीबाटै अवकाश भएपछि प्रसाई आएका थिए ।
रेग्मी बिहीबार मन्त्रालयमा हाजिर भएर पदभार ग्रहण गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया