‘सुशासन कायम गर्न अध्यादेश ल्याइएको’

लमजुङ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् ।
आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मङ्गला माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रम उनले सुशासन बिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरिएको बताए ।
सरकारका प्रवक्तासमेत रहेका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताए । यद्यपि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उल्लेख गरे ।”
उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको बताए । “मुलुकलाई आवश्यक पर्दा जहिले पनि कांग्रेस र एमाले मिल्दै आएका छन्, अहिले पनि त्यही आवश्यकताका आधारमा मिलेका छन्”, उनले भने । उनले पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्ममा दुवै राजनीतिक दल मिलेको स्मरण गरे ।
साथै सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले प्रस्तुत भएको उनको भनाइ थियो । त्यसअवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमानलगायतको उपस्थिति थियो ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया