किसानसँग मुख्यमन्त्रीको गुनासो : केन्द्र सरकारले अधिकार नदिँदा काम गर्न कठीन

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अधुरा योजना पूरा गर्नेगरी सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । जिल्लाको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार आयोजित सुन्तला महोत्सवमा उहाँले पुराना र अधुरा योजना सम्पन्न गर्ने विषय सरकारको पहिलो प्राथमिकतामा परेको बताउनुभयो ।
अधुरा योजना पूरा गर्ने सन्दर्भमा आवश्यक नीति बनाएर सरकारले बजेट व्यवस्थापन गरेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । खानेपानी, सडक, सिँचाइका लामो समयदेखि अलपत्र र रूग्ण बनेका योजनालाई केही वर्षभित्र सम्पन्न गर्नेगरी काम अघि बढाइने उहाँले दाबी गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार स्थापना भएपछि देखिनेगरी विकास, निर्माणका क्षेत्रमा काम भएको बताउनुभयो । सङ्घीय सरकारले गर्न नसकेका कामहरू प्रदेश सरकारबाट भएको दाबी गर्दै सीमित स्रोत र साधनका बीच पनि धेरै काम सम्पन्न भएका उहाँले उल्लेख गर्नुभयो । सङ्घीय सरकारले प्रदेशलाई पर्याप्त अधिकार नदिँदा कतिपय काम गर्न नसकिएको उहाँले धारणा राख्नुभयो ।
गण्डकी प्रदेशका कृषि भूमि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले प्रदेशलाई कृषि उत्पादनमार्फत आत्मनिर्भर बनाउनका लागि सरकारले विशेष योजनाका साथ काम गरिरहेको जानकारी दिनुभयो । कृषि क्षेत्रको विकासबिना कुनै पनि जिल्लामा आर्थिक विकास गर्न नसकिने उहाँले विचार राख्नुभयो ।
उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले विकास निर्माणका योजनालाई प्राथमिकता निर्धारण गरेर सञ्चालन गरिने बताउनुभयो । उहाँले उत्पादनशील ग्रामीण क्षेत्रमा विकासका पूर्वाधारको पहँुच पु¥याउन सरकारले निरन्तर प्रयास गरेको भन्दै प्रदेशबाट पर्वतका सडक, सिँचाइ, खानेपानी, विद्युत्लगायत सुविधा विस्तारका लागि बजेट विनियोजनमा प्राथमिकता दिइने उहाँको भनाइ थियो ।
राष्ट्रियसभा सदस्य मनरूपा शर्मा, प्रदेशसभाका सांसद भक्त कुँवर, रेखा गुरूङ, गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टलगायत वक्ताले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो ।
बाँसखर्कमा यस वर्ष करिब रु १९ करोडको सुन्तला उत्पादन भएको अनुमान गरिएको छ । यहाँका दुई सय ३९ परिवार व्यावसायिक रूपमा सुन्तलाखेतीमा आबद्ध छन् । हरेक किसानले न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु ४० लाखसम्म भित्र्याउँदै आएका छन् ।
सुन्तला उत्पादन धेरै भए पनि ढुवानी गर्न सडक जीर्ण भएकाले राज्यको ध्यानाकर्षण गराउन सुन्तला महोत्सव आयोजना गरिएको हो । महोत्सवमा सहभागी मुख्यमन्त्री, राजनीति दलका नेतालगायत सरोकारवाला निकायका प्रतिनिधिले सडक मर्मतमा तत्काल पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । रासस








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया