गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने, फागुन ४ को बिदा कटौती

पोखरा । गण्डकी प्रदेशकाे स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।
२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो । २०७८ बाट त उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो ।
२०७९ मा प्रदेश सभाको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु हुँदा तत्कालीन अवस्थामा विपक्षी दलका नेता रहेका सुरेन्द्रराज पाण्डेले किन अलगअलग कार्यक्रम गरेको भनी प्रश्न गरेका थिए । पोहोर उनै पाण्डे मुख्यमन्त्री भए पनि अलग अलग कार्यक्रम गरिएको थियो । यसपालि भने मुख्यमन्त्रीकै अग्रसरतामा माघ २२ गते नै गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको छ । सरकारले यो वर्ष फागुन ४ गतेको बिदा पनि कटौती गरेको छ ।
प्रदेश दिवस मनाउने सन्दर्भमा तयारीका लागि शनिबार मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बैठक बसेको छ । प्रदेश नीति तथा योजना आयोगको हलमा बसेको बैठकले तयारीका लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा हुने कार्यक्रम प्रदेश सभा सचिवालय परिसरमा गरिने भएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया