गण्डकीलाई बालविवाहमुक्त बनाउने प्रतीज्ञा

समाधान संवाददाता २०८१ माघ १२ गते १९:४४

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाह मुक्त गर्ने प्रतीज्ञापत्रमा शनिबार हस्ताक्षर गरेका छन् । बाल विवाहमुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उनले हस्ताक्षर गरेका हुन् ।

Advertisement

कानुनी रुपमा बालविवाह अपराध भए पनि गण्डकी प्रदेशभित्रै केही स्थानमा बालविवाह हुँदै आएको मुख्यमन्त्री पाण्डेले बताए । प्रदेश सरकारले बाल विवाहमुक्त सम्बन्धमा नीति तथा कार्यक्रम तय गरे पनि कानुनी रुप दिन बाँकी रहेको उनको भनाइ छ ।

बालविवाह अन्त्य जरुरी रहेको भन्दै उनले बताए । एक तथ्यांक अनुसार गण्डकीमा अहिले झन्डै १२ प्रतिशत बालविवाह हुन्छ ।
उक्त अवसरमा सामाजिक अभियान्ताहरू बालकृष्ण पाण्डे, डा‍ गंगाधर अधिकारी, गण्डकी सरकारका सचिव, विद्यार्थी, बाल विवाह प्रभावित बालबालिका, पत्रकार, सरोकारवाला निकाय तथा बेस नेपालका प्रतिनिधि लगायत सहभागी थिए ।

अभियान्ता पाण्डेले बाल विवाहमुक्त विश्व अभियानका बारेमा जानकारी गराए । सन् २०३० सम्म बालविवाहमुक्त नेपाल घोषणा गर्न यही पुस १६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी अभियान सुरुआत गरेका थिए । त्यसपछि संघीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा सातै प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरूले संयुक्त रूपमा राष्ट्रिय अभियान सुरुआत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया