दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुका पूर्ण विक

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुका पूर्ण विक चयन भएका छन् । शनिबार तनहुँको बन्दीपुरमा भएको प्रथम अधिवेशनबाट विकेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्षमा लक्ष्मी सुनार (गोरखा), सचिवमा रामशरण नेपाली (कास्की), कोषाध्यक्षमा टोपबहादुर बिक (कास्की), सह सचिबमा अर्जुन हिताङ (पर्वत), सदस्यहरुमा लक्ष्मण विक (पर्वत), पूर्णिमा परियार (स्याङ्जा), श्यामशीतल परियार (लम्जुङ), अमृत विक (गोरखा), किरण गोतामे (नवलपुर), विमला परियार (म्याग्दी), आदित्य रसाइली (मुस्ताङ), सरस्वती ल्वागुन (मुस्ताङ) चयन भएका छन् ।
कार्यक्रमको उद्घाटनमा गण्डकी प्रदेशका सभामूख कृष्णप्रसाद धितालले समाजमा व्याप्त सांस्कृतिक असमानता चिर्न पत्रकारले सशक्त भूमिका खेल्नुपर्ने बताए । सभामुख धितालले सांस्कृतिक रुपमा देखिएको असमानताले सबैभन्दा बढी दलित समुदाय पीडित रहेको भन्दै पत्रकारले पीडितको पक्षमा कमल चलाउनुपर्ने बताए । मानव भएर पनि दलित समुदायले मानवीय व्यवहार नपाएको हामीले अनुभूति गरिरहेका छौँ,’ उनले भने, कानुनमा जे लेखिए पनि व्यवहार अझै कमजोर भएको छ, यसलाई चिर्न पत्रकारहरुको साझा प्रयत्न अझै बढाउनुपर्छ ।’
उनले जनस्तरमा सही र गलत समाचार छुट्टाउन पर्ने अवस्था सिर्जना भएकाले सत्य र विश्लेषण सहितको समाचार सम्प्रेषण गर्ने विषयलाई बढवा दिन उनले आग्रह गरे । सभामुख धितालले यस्ता प्रवृती विरुद्ध ससकारले समेत ध्यान दिनुपर्ने बताएका थिए ।
तपाईको प्रतिक्रिया