टाइगर कप भलिबल सुरु

पोखरा । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री गुरुङले प्रतियोगिताले पोखरालाई स्पोट्र्सको हब बनाउन सहयोग पुग्ने बताए । ‘पोखरामा हरेक दिन कुनै न कुनै प्रतियोगिता भइरहोस् भन्ने सपना हामीले बोकिरहेका छौं,’ उनले भने, ‘यसलाई खेलकुदको राजधानी बनाउने विषयमा भौतिक पूर्वाधार बनाउने कुरामा हामीले कुरा चलाइरहेका छौं ।’ सुन्दर नगरी पोखरामा हुने टाइगर कप उत्कृष्ट भएको औल्याउँदै यसको निरन्तरतामा जोड दिए ।
कार्यक्रममा पोखरा महानगरका मेयर धनराज आचार्य, नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठ, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्मा, प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवाली लगायतले प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताएका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार महिलातर्फका २ खेल भएका छन् । आयोजक टाइगर ग्रुप अफ पोखरा र त्रिभुवन आर्मी क्बलबिचको खेल प्रकाश अभावका कारण स्थगित भएको थियो ।
पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–२ सेटले पराजित ग¥यो । सुरुका २ सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भएकोे हो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो ।
इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकाल्यो ।
दोस्रो खेलमा टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको छ । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यु डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । ंपाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले पुलिसलाई १५–१० ले पराजित ग¥यो ।
अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो । पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो । त्यसपछि रेफ्री टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे ।
खराब प्रकाशका लागि खेल स्थगित गरिएको हो । अब उक्त आइतबार गर्ने रेफ्री थापाले बताए । ‘पर्सिदेखि लिग सुरु हुन्छ । भ्याएसम्म भोलि नै गर्ने हो । सुरुमा गर्ने कि कति बेला गर्ने छलफल भइराखेको छ,’ उनले भने । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबारबाट हुनेछन् ।
आइतबार महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेछन् । महिलातर्फ आयोजक र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल हुनेछ । उक्त खेल बिहान ९ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फका खेल हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनील भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । यी खेलपछि लिग हुनेछ । जित्ने टोली र हार्ने टोलीको छुट्टाछुट्टै लिग सञ्चालन हुनेछ । जित्ने टोलीको समूहबाट शीर्ष २ टोली पहिलो क्वालिफायर खेल्नेछ । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।
हार्ने टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् । एलिमिनेटरको विजेताले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्ने छ । खेल हेर्न चाहने दर्शकले इसेवामार्फत पनि अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५ सय ५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया