इनास युकेद्वारा नेपाली चलचित्र प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाधान संवाददाता २०८१ माघ १३ गते ५:५८

लण्डन । साउथइस्ट लन्डनस्थित गोर्खा क्यापरिकनमा शनिबार इनास युकेद्वारा नेपाली चलचित्र प्रवर्द्धनसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका ख्यातिप्राप्त निर्माता-निर्देशक आकाश अधिकारीसँग शनिबार विचार विमर्श गरिएको थियो।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि रोयल बरो ग्रीनवीचका मेयर जित रानाभाटले नेपाली चलचित्रलाई प्रवर्द्धन गर्नु नेपालको संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने महत्वपूर्ण माध्यम भएको बताए । उनले भने, “नेपाली चलचित्र बिदेशमा प्रवर्द्धन गर्नु हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी माध्यम हो। यस प्रकारका कार्यक्रमहरूले हाम्रो कला, संस्कृतिलाई विश्वसामु उजागर गर्न मद्दत पुर्‍याउनेछन्।”

कार्यक्रम इनास युके चलचित्र प्रवर्द्धन समितिको आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रममा निर्देशक आकाश अधिकारीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन सकिने विभिन्न उपायहरूबारे आफ्ना विचार प्रस्तुत गरे । उनले भने, “नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउन यस्ता कार्यक्रमहरूले ठूलो सहयोग पुर्‍याउँछन्। यसले हाम्रो चलचित्र क्षेत्रको स्तर वृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल उपाध्यक्ष मनीष श्रेष्ठले गरेका थिए भने समापन इनास युकेका प्रवक्ता विज्ञान कार्कीले गरेका थिए।

Advertisement

कार्यक्रममा संस्थाका ग्लोवल प्रतिनिधि सुशिल प्रजापति, इनास ग्लोवल उपाध्यक्ष मनिष श्रेष्ठ , सदस्य गेहेन्द्र शाक्य, पूर्व अध्यक्ष विनोद चिपालु, पूर्व इनास ग्लोबल प्रतिनिधि गुणदेव घिमिरे, निर्मात्री अनु श्रेष्ठ लगायत इनाश युकेका सदस्य, पत्रकार तथा सुभचिन्तक हरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया