ज्याग्दीखोला साहित्य प्रतिष्ठानद्वारा सम्मान

‘ज्याग्दीखोलाको तरंग’ पूर्णांक– ३७ को लोकार्पण

समाधान संवाददाता २०८१ माघ १३ गते १२:०७

पोखरा ।
ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जाले शनिबार ‘ज्याग्दीखोलाको तरंग’ पूर्णांक– ३७ को लोकार्पण एवं द्रष्टा तथा स्रष्टा सम्मान कार्यक्रम गरेको छ । ज्याग्दीखोलाको तरंग पूर्णांक– ३७ मा संकलित रचनाहरूमाथि समीक्षक लोकबहादुर थापा मगरले टिप्पणी गरेका थिए ।

Advertisement


कार्यक्रममा प्राडा जगदीश चन्द्र भण्डारीलाई २०८१ सालको ‘विश्वराधानेत्रा साहित्य पुरस्कार’, बागलुङका साहित्यकार काजी रोशनलाई ‘ज्याग्दीखोला साहित्य–कला पुरस्कार’ २०८१ र पोखरामा रहेर दर्शन एवं संस्कृतिका क्षेत्रमा कलम चलाउँदै आएका लेखक रामराज रेग्मीलाई ‘ज्याग्दीखोला साहित्य सम्मान’– २०८१ प्रदान गरिएको थियो ।


कार्यक्रममा ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’का अध्यक्ष हिरामणि दुःखी र ‘आनन्द आश्रम ज्ञान केन्द्र’, स्याङ्जाका संरक्षक त्रिलोचन ढकालले पुरस्कार तथा सम्मान प्राप्त गर्ने प्रतिभाहरूलाई नगद राशिसहित सम्मानपत्र प्रदान गरेका थिए । वक्ताहरुले ‘ज्याग्दीखोला साहित्य प्रतिष्ठान’ले नियमित रुपमा पत्रिका प्रकाशन र प्रतिभाहरुलाई सम्मान गर्दै आएकामा प्रतिष्ठानको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।


प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कविहरू नुमराज बराल, अनिल श्रेष्ठ, चन्द्रमणि अधिकारी, सूर्यप्रसाद डुम्रे लगायतले कविता वाचन गरेका थिए । प्रतिभा चयन समितिका सदस्य भीम रानाभाट, कवि मित्रलाल पज्ञानी, श्यामप्रसाद रेग्मी लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए ।


सम्मानित प्रतिभात्रय प्राडा जगदीश चन्द्र भण्डारी, काजी रोशन र रामराज रेग्मीद्वारा आफूहरूले सम्मान प्राप्त गरेकामा संस्थालाई मन्तव्यद्वारा धन्यवाद दिइएकोे उक्त कार्यक्रममा प्राडा यमबहादुर पौडेल क्षेत्री र परशुराम कोइरालाले पुरस्कृत प्रतिभाहरूको परिचय दिएका थिए।

Advertisement


कार्यक्रममा प्राध्यापक रघुनाथ अधिकारी, प्राडा यदुनन्दन उपाध्याय, प्रा. गेहेन्द्रश्वर कोइराला, बुद्धिजीवी झलकपाणि तिवारी, जूनतारा संगम, पूर्ण गिरी, सुनिता श्रेष्ठ, जगन्नाथ ढकाल, गोपालमणि लामिछाने, डिल्लीप्रसाद ढुंगाना, सिर्जना ढकाल, डा. नारायणप्रसाद अधिकारी, बन्दना ढकाल, ऋतुनाथ लम्साल, कृष्ण क्षेत्री, त्रिभुवन शर्मा, केसबहादुर परियार, विशाल लम्साल, दीपेन्द्र न्यौपाने, सरिता पोखरेल, नारायण परिश्रमी, पवित्रा पोखरेल, हिमालयजंग बानियाँ, वेदप्रसाद पोखरेल, नारायण अधिकारी ‘निश्चल’, रामचन्द्र आचार्य, बालकृष्ण अधिकारी, मिनुइन्द्र लम्साल, विष्णुमाया अधिकारी लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन ‘ज्याग्दीखोलाको तरंग’ का कार्यकारी सम्पादक प्राज्ञ नारायण मरासिनीले गरेका थिए । स्वागत प्रतिष्ठानका विशिष्ट आजीवन सदस्य तथा पूर्व सांसद ध्रुवराज लम्सालले गरेका थिए ।

तपाईको प्रतिक्रिया