हरियोखर्क अस्पतालमा कुष्ठरोग दिवस

समाधान संवाददाता २०८१ माघ १३ गते १९:२०

पोखरा । आइएनएफ नेपाल हरियोखर्क अस्पतालमा ७२ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ । ‘एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौ’ भन्ने नाराका साथमा दिवस मनाइएको हो ।

Advertisement

कार्यक्रममा आइएनएफ नेपलका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीले कुष्ठरोग नियन्त्रण र रोकथामका लागि अस्पताल लागिपरेको बताए । उनले नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिप्रति अस्पताल प्रतिबद्ध रहेको र चुनौतीका बाबजुत पनि सबैको साथ, सहयोग र साझेदारीमार्फत त्यो लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गरे ।

पोखरा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले रोग नियन्त्रणका लागि दुरदराजसम्म पुगेर जनचेतना फैल्याउन आवश्यक रहेको बताए । बानियाँले रोग नियन्त्रण र उपचारमा अस्पतालले खेलेको भूमिका महत्वपूर्ण रहको उल्लेख गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठ फोकल पर्सन गीता कुँवरले अझै पनि विश्वभर कुष्ठरोगबाट धेरै व्यक्ति प्रभावित भएको बताउँदै यसलाई नियन्त्रण गर्न सरकार तथा सबै सरोकारवाला निकायले तत्काल पहल र प्रतिबद्धता गर्न आवश्यक रहेको बताइन् । स्वास्थ्य कार्यलय कास्की प्रमुख रामबहादुर नेपालीले कुष्ठ रोगको चुनौती झनै बढ्को जनाए । उनले न्यूनीकरण, नियन्त्रण गर्न तिनै तहका सरकार, गैरसरकारी संस्था र समुदायको भूमिका महत्वपूर्ण रहको बताए ।

आइएनएफ नेपालका कुष्ठरोग कार्यक्रम संयोजक यामबहादुर जिसीले अस्पतालले रोगको क्षेत्रमा गरेका कामबारे जानकारी दिए । कार्यक्रममा आइएनएफ नेपालका मेडिकल सर्भिसेज डाइरेक्टर डा अरुणकुमार बुढा, स्वास्थ्य कार्यलय कास्कीका क्षय कुष्ठ फोकल पर्सन लक्ष्मण बसौला, स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, स्वास्थ्य महाशाखा क्षय कुष्ठ फोकल पर्सन अर्जुन क्षेत्री, कुष्ठरोग निवारण संघ पोखराका अध्यक्षय सुवास तज्या, आइडिया नेपालका गण्डकी प्रदेश प्रमुख प्रेम बास्तोला, आइएनएफ नेपालका प्यासेन्ट एड्भोकेट थमबहादुर गुरुङ, डा सुरज महर्जन लगायतले बोेलेका थिए ।

Advertisement

सो अवसरमा अस्पतालमा उपचाररत क्षयकुष्ठका बिरामीलाई न्यानो कपडा पनि वितरण गरियो । विश्व स्वास्थ्य संगठनका अनुसार मानव सभ्यताकै प्राचीन रोगमध्येको कुष्ठरोग हाल पनि विश्वका १ सय २० भन्दा बढी देशमा संक्रमणका रुपमा छ ।

तपाईको प्रतिक्रिया