देवचुलीमा कोपोमिस सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली तालिम

पोखरा । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराको आयोजना तथा जिल्ला सहकारी संघ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को समन्वयमा देवचुली नगरपालिकामा सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम भएको छ ।
३ दिने तालिममा देवचुली नगरपालिका, कावासोती नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका समेतका स्थानीय तहका विभिन्न सहकारी संस्थाका २६ व्यवस्थापक एवं कर्मचारी सहभागी थिए । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा संघको नियमन क्षेत्राधिकारभित्र १९, गण्डकी प्रदेश सरकारको नियमन क्षेत्राधिकारभित्र ५१ र सम्बन्धित स्थानीय सरकारको नियमन क्षेत्राधिकारभित्र १ सय ७२ गरी २ सय ४२ वटा सहकारी छन् ।
कार्यक्रममा सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारीमा नीति, विधि भनेको कानुन र प्रक्रियागत विषय भएको र प्रविधि भनेको सिष्टम सफ्टवेयर, सूचना प्रणाली आदि हुने जनाए । उनले सहकारी संस्थाले सिष्टम सफ्टवेयरमा सही तथ्य तथ्यांक र निर्दिष्ट प्रमाणहरूको प्रविष्टि गर्नुका साथै सहकारी सञ्चालन एवं व्यवस्थापनमा कानुनको परिपालना गर्नुपर्नेमा जोड दिए । जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुलीले जिल्लालाई गण्डकी प्रदेशको मात्र नभई नेपालकै सहकारीको उर्वर र उत्कृष्ट जिल्ला बनाइने प्रतिबद्धता जनाए ।
जिल्ला बचत तथा ऋण संघका अध्यक्ष बद्रीनाथ नेपालले तालिम लिनुमात्र नभई कार्यान्वयन गर्नु ठूलो कुरा रहेको बताए । सहभागीको तर्फबाट पूर्णिमा खनाल र नरभूपाल भुसालले तालिम उपयोगी रहेको धारणा राखे । तालिममा सहकारी कानुन तथा सुशासन प्रवर्धन, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, सहकारीका समस्या र समाधानका उपाय, कोपोमिस तथ्यांक प्रणालीको परिचय र कोपोमिस प्रणालीमा सहकारी तथ्यांक प्रविष्टिसम्बन्धी कार्यपत्र प्रस्तुती एवं प्रयोगात्मक प्रदर्शन र अभ्याससमेत भएको थियो ।
सहकारी रजिष्ट्रार भेषराज रिजाल, तथ्यांक अधिकृत सूर्यप्रसाद आचार्य र जिल्ला सहकारी संघका अध्यक्ष तिलकप्रसाद पराजुलीले कार्यपत्र प्रस्तुती एवं सहजीकरण गरेका थिए ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया