निजामती कर्मचारीमा रामचन्द्रको नेतृत्व

पोखरा ।
पेशागत महासंघ नेपालसँग आबद्ध नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कास्कीको १३ औैं जिल्ला अधिवेशन भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष रामचन्द्र पहारीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संगठनको खुला उपाध्यक्ष हरिप्रसाद रेग्मी, महिला उपाध्यक्ष ऐश्वर्य आचार्य पोखरेल, सचिव शिवप्रसाद पौडेल, सहसचिव नेत्रनारायण सुवेदी र कोषाध्यक्ष केशव ढुंगाना छन् । कार्यसमिति सदस्य खुलातर्फ बुद्धिप्रसाद अधिकारी, सूर्यप्रसाद पोखरेल, गगन भुषाल र राजेन्द्र लामिछाने छन् । महिलातर्फ सरस्वती सापकोटा, नानु दाहाल सिग्देल, वसुन्धरा दवाडी र अस्मिता शर्मा छन् । श्रेष्णी विहीनबाट कार्यसमितिको सदस्यमा माधव बराल सर्वसम्मत बने ।
जनजातिबाट रविचन्द्र श्रेष्ठ, युवाबाट विवश बास्तोला, प्रदेशबाट सन्तोष अधिकारी र स्थानीय तहबाट दमयन्ती पराजुली निर्विरोध भएका छन् । लेखा परीक्षण संयोजक मेघबहादुर बस्नेत, सदस्यमा विष्णु अधिकारी र यामप्रसाद पंगेनी सर्वसम्मत भए ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कमलबहादुर केसी, राजेन्द्रप्रसाद आचार्य, माधवप्रसाद पौडेल, कमलप्रसाद पनेरु, महिला प्रतिनिधिमा विष्णुदेवी पोखरेल र सहकारी प्रतिनिधिमा तिलकप्रसाद आचार्य चयन भएका छन् । प्रदेश प्रतिनिधिमा प्रविण भण्डारी, विष्णु पोखरेल पौडेल, जीवनकुमार तिवारी, गणेशबहादुर कार्की, विष्णुदेवी पोखरेल, नरेन्द्र रेग्मी, बेलकुमारी गुरुङ, महिला प्रतिनिधिमा सुशीला पोखरेल र सहकारी प्रतिनिधिमा गणेश कार्की निर्विरोध भएका छन् ।
पेशागत महासंघ नेपालका केन्द्रीय सचिव रामप्रसाद खनालले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सपथ ग्रहण गराए । कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले सरकारले बनाएको नीति तथा कार्यान्वयन कर्मचारी संयन्त्रले गर्ने बताइन् ।
एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, नेपाल निजामति कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटा, संगठनका सचिवालय सदस्यहरु भरतप्रसाद भुषाल, दीपक शर्मा पौडेल र तेजप्रसाल निउरे, पेशागत महासंघ नेपाल गण्डकी प्रदेशका महासचिव बैकुण्ठनाथ आचार्य, संगठनका केन्द्रीय सदस्यहरु रामहरि खड्का र राममणि ढुंगाना, गण्डकीका निवर्तमान अध्यक्ष अशोक खनाल, संगठन कास्कीका सचिव सुशीलादेवी पोखरेल लगायतले सार्वजनिक सेवा प्रवाह र ट्रेड युनियन आन्दोलनबारे बोलेका थिए ।
सभाले अध्यक्ष विष्णुदेवी पोखरेलले पेश गरेको सांगठिनिक प्रतिवेदन तथा कोषाध्यक्ष मेघबहादुर बस्नेतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको छ ।








आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया