स्वास्थ्य सचिव शर्माको सरुवा : अन्तरकालीन आदेशले निरन्तरता पायो, अन्तरिमका लागि २१ गते पुन छलफल

पोखरा । सरुवा बदर गरी स्वास्थ्य मन्त्रालयको सचिवमै वहालीको माग गर्दै डा बिनोदबिन्दु शर्माले दायर गरेको रिटमा उच्च अदालत पोखराले थप फाइल झिकाउने आदेश गरेको छ ।
निवेदक र प्रत्यर्थीका तर्फबाट पेस भएका कागजप्रमाण र कानुन व्यवसायी अनि मुख्य न्यायाधिवक्ताले प्रस्तुत गरेको वहसका आधारमा मात्र इजलाशले आदेश गर्न सक्ने अवस्था नभएपछि निवेदक र विपक्षी मध्येका विश्वबन्धु बगालेको व्यक्तिगत फाइल मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत झिकाइ पेस गर्न आदेश भएको हो ।
न्यायाधीशद्वय मीलनकुमार राई र उमेश कोइरालाको इजलासबाट उक्त आदेश भएको हो । यसअघि शर्माले दायर गरेको रिटमा न्यायाधीश कोइरालको इजलासले विपक्षी मुख्यमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालय समेतका नाममा अन्तरकालीन आदेश जारी गरेको थियो ।
आफू स्वास्थ्य सचिवमा कार्यरत रहेकै बेला संघका कर्मचारी डा विश्वबन्धु बगालेलाई सचिवमा नियुक्त गरेर आफूलाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा सरुवा गरेपछि शर्मा अदालत पुगेका हुन् ।
सोमबारको बहसमा निवेदकका तर्फबाट वरिष्ठ धिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता कमलप्रसाद अर्याल र विपक्षीहरुका तर्फबाट गण्डकी प्रदेश, मुख्य न्यायाधिवक्ता कार्यालयका मुख्य न्यायाधिवक्ता चिरञ्जिवी शर्मा पौडेल, सहायक न्यायाधिवक्ता टेकनाथ शर्मा र वरिष्ठ अधिवक्ताहरु हरिप्रसाद सुबेदी, रोहितराज बास्तोलाले भाग लिएका थिए ।
आदेशमा भनिएको छ, यसमा गण्डकी प्रदेश, मन्त्रिपरिषदबाट यी निवेदकलाई मिति २०७९।१०।०३ मा गण्डकी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा कामकाज गर्न खटाईएको र मिति २०७९।१०।२० मा प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सचिव पदको कामकाज गर्न जिम्मेवारी तोकिएको सम्बन्धी निर्णय फाइल तथा यी निवेदक र विपक्षी मध्येका विश्वबन्धु बगालेको व्यक्तिगत फाईल मुख्य न्यायाधिवक्ताको कार्यालय मार्फत झिकाई अन्तरिम आदेश सम्बन्धी छलफलका लागि मिति २०८१।१०।२१ को पेशी तारेख तोकी पेश गर्नू। साथै, उक्त मितिसम्म यस अदालतको एक न्यायाधीशको इजलासबाट मिति २०८१।१०।०९ मा जारी भएको अल्पकालीन आदेशलाई निरन्तरता दिइएको छ, सोको जानकारी विपक्षीहरुलाई गराउनू ।








४ महिनामा करिब ७ खर्ब रेमिट्यान्स भित्रियो
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
मिस तामाङ पोखरा सुरु, तामाङ समुदायका १२ युवती सहभागी
भान्साको मिक्सरबाट सुरु भएको ‘मामुछोरी’ को लोभलाग्दो उद्यम यात्रा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया