टाइगर कप भलिबल : महिलातर्फ प्ले अफ समिकरण पूरा

समाधान संवाददाता २०८१ माघ १५ गते १८:३३

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ प्ले अफको समिकरण पूरा भएको छ ।

Advertisement

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत महिलातर्फको लिगमा एक खेल अगावै प्ले अफको समिकरण भएको हो । मंगलबार भएको महिलातर्फ जित्ने समुहको लिग अन्तर्गतको खेलमा आयोजक टोलीले ३ अंक जोडेको हो । टाइगर ग्रुप अफ पोखराको टिमले टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लबलाई ३–० को सेटमा हराएको हो ।

सोमबार भएको खेलमा एपिएफले डायमण्डलाई नै पराजित गर्दै ३ अंक जोडेको थियो । सोही कारण जित्ने समुहको लिगबाट पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको हो । आयोजक र एपिएफ बिच ‘टप १’ मा कुन रहने भन्ने टुंगो बुधबारको खेलबाट लाग्नेछ । भने, दुवै खेल गुमाएको डायमण्डले एलिमिनेटर खेल्ने पक्का भएको छ ।

यता, मंगलबार नै भएको हार्ने समुहको लिगमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एलिमिनेटरका लागि छनोट भएको छ । सोमबार भएको खेलमा ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ सेटमा हराएको थियो । अब, पुलिसले जित्ने समुहको तेस्रो स्थानमा रहेको डायमण्डसँग एलिमिनेटर खेल्नेछ ।
महिलातर्फ बुधबार हुने हार्ने समुहको लिग चरणको थाइल्याण्ड र आर्मीबिचको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । भने, जित्ने समुहको एपिएफ र आयोजकको खेल पहिलो र दोस्रो स्थानका लागि हुनेछ ।

पुरुषतर्फ हार्ने र जित्ने दुवै समुहको लिग निकै रोमाञ्चक हुँदै गएको छ । कुन समूह प्ले अफमा पुग्नेछ भन्ने टुंगो बुधबार र बिहीबार बिहान हुने खेलपछि लाग्नेछ । मंगलबार भएको पुरुषतर्फको पहिलो खेलमा हार्ने समुहबाट गण्डकीले ३ अंक जोडेको छ । गण्डकीले एपिएफमाथि ३–१ सेटको जित दर्ता गराएको हो ।

Advertisement

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरामगन गर्दै जित हासिल गर्न सफल रह्यो । गण्डकीले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१९ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकी र एपिएफले टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग खेल्नेछन् । त्योभन्दा अघि बुधबार टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबले एपिएफसँग खेल्नेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

जित्ने समुहको लिग पनि निकै प्रतिष्पर्धात्मक बनेको छ । मंगलबारको खेलसम्म पनि पहिलो क्वालिफायर खेल्ने टिम र एलिमिनेटर खेल्ने टिमको छिनोफानो भएको छैन् । सोमबारको खेलमा भारतको सुनिल क्लबलाई हराएर ३ अंक जोडेको नेपाल पुलिस पराजित भयो । उसले आर्मीसँग ३–१ को हार व्यहो¥यो । पुलिसलाई जितेको आर्मीले पनि ३ अंक नै बनाएको छ । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित हासिल ग¥यो ।
‘जित्ने समूह’ मा आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ । यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया