शास्त्रीय तथा भजन संगीत शृंखला

पोखरा । शास्त्रीय संगीत समाज नेपाल,गण्डकी प्रदेशको आयोजना एवं भक्ती संगीत प्रतिष्ठान नेपालको सहकार्यमा शास्त्रीय तथा भजन संगीत शृंखला को पहिलो अंक सम्पन्न भएको छ।
शास्त्रीय संगीत समाजका उपाध्यक्ष एवं भक्ती सङीतका अध्यक्ष संगीतकार नवराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संगीत प्रशिक्षण केन्द्र,बिन्ध्यवासिनिको सभाहलमा सम्पन्न भएको हो। कार्यक्रममा शास्त्रीय राग गायन सहित आधा दर्जन शास्त्रीय एवं निति भजन प्रस्तुत गरिएको थियो। वाद्यवादनतर्फ मिलन गिरी, रोम तामाङ, नवराज बराल, समीर गायक, लक्ष्मण मुल्मी, टेकबहादुर राना, आर्जव पौडेल, करण तामाङ र पुर्खा पुनको साथ थियो।
त्रिवेणी संगीतालयको सामुहिक प्रस्तुती राग भुपाली गायन सँगै सुरुवात भएको कार्यक्रममा गंगा भुर्तेल९माता० को गणेश बन्दना, भक्ति संगीत प्रतिष्ठानका लक्ष्मी गिरि,पिंगला भट्ट,संगीत प्रशिक्षण केन्द्रका गोमा घिमिरे, टिना गुरुङ, ऋचा घिमिरे, कल्पना पोखरेल, कर्णप्रीय संगितालयका पूर्णबहादुर श्रेष्ठले आफ्नै स्वर, शब्द र संगीतको भजन प्रस्तुत गरे ।
कार्यक्रम संचालक एवं शास्त्रीय संगीत नेपाल र संगीत प्रशिक्षण केन्द्रका महासचिव एम।डि काफ्लेले भजन शिरोमणी भक्तराज आचार्यको कति लिन्छौ परीक्षा मेरो भगवान बोलको भजन सुनाउन भ्याए।
शास्त्रीय संगीतको साधना र भक्ति संगीतको अभ्यासमा कार्यक्रमले सहयोग पुर्याउने विचार व्यक्त गर्दै गुरु बन्दना सुनाएर कार्यक्रमका सभाध्यक्ष,शास्त्रीय संगीत नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष एवं भक्ती संगीत प्रातिष्ठानका अध्यक्ष प्रशिक्षक नवराज बरालले उपस्थित सबैमा धन्यवाद् ज्ञापन गरी कार्यक्रम समापन गरे ।
तपाईको प्रतिक्रिया