कांग्रेसका जिल्ला सभापति र उपसभापतिका लागि पोखरामा प्रशिक्षण हुने

पोखरा । नेपाली कांग्रेसका जिल्ला सभापति र उपसभापतिहरुका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुन लागेको हो ।
७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापतिहरु कार्यक्रममा सहभागि रहने नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा लगायतका नेताहरुको उपस्थिति रहने छ ।
कार्यक्रमको व्यवस्थापनलाई विशेष प्राथमिकता दिएर कास्की काँग्रेसले काम गरिरहेको जिल्ला सभापति किशोरदत्त बरालको भनाई छ ।
‘महत्वपूर्ण कार्यक्रम पोखरामा हुनु हाम्रा लागि गौरवको विषय हो, सभापति बरालले भन्नुभयो, यो कार्यक्रमले देशको ध्यान पोखरामा तान्नेछ ।’ सभापति बरालका अनुसार, कार्यक्रमलाई लक्षित गर्दै विभिन्न उपसमितिहरु गठन गरी काम भैरहेको छ ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया