ठूलाडिही पोखरा सम्पर्क मञ्चले गर्यो तनाव न्यूनीकरण तालिम

पोखरा । ठूलाडिही पोखरा सम्पर्क मञ्चले तनाव न्यूनीकरण प्रशिक्षण सञ्चालन गरेको छ । संस्थाले दोस्रो वार्षिक साधारण सभाको अवसरमा तनाव न्यूनीकरणमा साहित्य, संगीत, सन्तुलित भोजन एवं योगको महत्वबारे प्रशिक्षण आयोजना गरेको हो ।
मञ्चका ज्येष्ठ सदस्य नरबहादुर रेग्मीले वर्तमानमा यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।कार्यक्रममा साहित्य एवं संगीतका माध्यमबाट तनाव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा संस्थाका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले सहजीकरण गरेका थिए ।
उनले पछिल्लो समय हरेक व्यक्ति विविध तनावमा रुमलिएको अवस्थामा साहित्य र संगीत तनाव न्यूनीकरणको अचूक उपचार भएको बताए । योगासन, प्रणायम र सन्तुलित भोजनका सन्दर्भमा संस्थाका कोषाध्यक्ष झम्कनाथ पोख्रेलले सहजीकरण गरे ।
संस्थाका सचिव हरि नेपालले योग एवं ध्यानको प्रयोगात्मक प्रशिक्षण गराउँदै तनाव न्यूनीकरणको महत्वपूर्ण उपचार भनेकै योग र ध्यान भएको विचार राखे । संस्थाका सल्लाहकार वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर, उपाध्यक्ष वीरेन्द्र भाट, आजीवन सदस्य एकबहादुर भुजेलले मञ्चका यस्ता कार्यक्रम निकै प्रभावकारी हुने धारणा राखे । सभाले कोषाध्यक्ष झंकनाथ पोखरेलको आर्थिक र सचिव हरि नेपालको प्रगति प्रतिवेदन पारित गरेको छ ।








राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया