अली मियाँ स्मृति फुटबलमा आज प्रि–क्वाटरका खेल

पोखरा । लोककवि अली मियाँ स्मृति चौँथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार सात खेल भएका छन् । पोखरा १३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको खेलमा आयोजक नेपाल मुस्लिम युवा समिति (एनएमवाइसी) (ए), रामघाट (ह्वाइट), माछापुच्छ्रे त्रिशक्ति, स्लामिक कल्याणकारी ( ह्वाइट), पोखरा जब्स्, ए ७ र आयोजक नेपाल मुस्लिम युवा समिती एनएमवाइसी एफसी (बी) प्रि–क्वाटर फाइनल प्रवेश गरेका छन् ।
एनएमवाइसी (ए)ले न्युरोड एफसीलाई ४– ० को फराकिलो अन्तरले पराजित गदैँ खेल जितेको हो । नमुना एफसीलाई ०–१ गोल गदैँ रामघाटले कठिन जित निकाल्दा माछापुच्छ«ेले रंगशाला गु्रपलाई २–० को सहज जित निकाल्यो ।
अर्को खेलमा स्लामिक कल्याणकारीले गन्नी एफसी (निलो) लाई ३–२ को अन्तरले पराजित गर्यो । एनइपी पोखरा टिम मैदानमा उपस्थित नहुँदा पोखरा जब्स् स्वतः प्रि–क्वाटरमा पुगेको छ । ए–७ टिमले एनके फुटबल क्लवलाई २–० को अन्तरले पाराजित गर्दा एनएमवाइसी एफसी (बी)ले मसिना बगर एफसीलाई पन्छाउदैँ ३–० को सहज जित निकाल्यो ।
बिहीबार दोस्रो राउन्डका खेल सकिएसँगै प्रि–क्वाटर खेल्ने १६ टिमको टुंगो लागेको आयोजक समितिका शम्सुल हकले जानकारी दिए । शुक्रबार प्रि–क्वाटरका खेल हुने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्वितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने छन् । विधागततर्फ वेस्ट फर्वाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई जनही ५ हजारले दिइनेछ ।
तपाईको प्रतिक्रिया