होटल कार्यकारी क्लब पोखराद्वारा पर्यटनकर्मी वसन्त गौतम सम्मानित

पोखरा । होटल कार्यकारी क्लब पोखराले पोखराका होटल व्यवसायी वसन्त गौतमलाई सम्मान गरेको छ । क्लबको ११ औं वार्षिक साधारण सभामा गौतमलाई सम्मान गरेको हो । लामो समयदेखि पोखरामा रेस्टुरेन्ट र होटल व्यवसाय गरेर रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै गौतमलाई सम्मान गरेको हो ।
गौतमलाई होटल संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचन, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, होटल कार्यकारी क्लब पोखराका अध्यक्ष राजकुमार केसी लगायतले सम्मानपत्र, दोसल्लाले सम्ममान गरे ।
गौतम सन् १९९४ देखि पोखराको पर्यटन व्यवसायमा छन् । पहिलो रेस्टुरेन्ट व्यवसायबाट सुरु गरेका गौतमले अहिले रेस्टुरेन्ट र होटल सञ्चालनमा छ । उनले अहिले लेकसाइडमा टेम्पल ट्रि रिसोर्टका सञ्चालक हुन् । यस अगाडि क्लबले होटल बाराहीका सञ्चालक हरि पौडेल, पोखरा रिर्सोटका सञ्चालक हरि गैरलाई सम्मान गरी सकेको छ ।
होटल संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पछिल्लो समयमा होटलहरुको संख्या बढ्दै गएको भए पनि पर्यटक बढाउन पनि सबैले ध्यान दिनु पर्ने बताए । कार्यक्रममा होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन व्यवसायमा लगानी बढ्दै गएपनि स्वागत सत्कार घट्दै गएको बताए । उनले नेपाली परम्परालाई विदेशी पर्यटक सम्म पुर्याउनका लागि स्वागत सत्कारको परम्परालाई छाड्न नहुने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरामा पर्यटनमा ठुलो लगानी भएका कारण यसलाई चलायमान बनाउन अन्तर्राष्ट्रिय उडान पोखराबाट छिटो सञ्चालनको माग गरे । कार्यक्रममा सम्मानित भएका वसन्त गौतमले पोखरामा होटल, रेस्टुरेन्ट थपिए पनि त्यसलाई आवश्यक जनशक्तिको अभाव रहेको बताए । कार्यक्रममा क्लबका अध्यक्ष राजकुमार केसी, संयोजक तुलसी लामिछाने, संचालक माधब बराल लगातले सेवामा गुणस्तरीता दिने उद्देश्यका साथ क्लब अगाडी बढ्नु पर्ने बताए ।
तपाईको प्रतिक्रिया