‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि एनसेल–क्यान सहकार्य

काठमाडौं । एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि सहकार्य गरेको छ । नेपाल क्रिकेट संघ क्यानसँगको यो सहकार्यअन्तर्गत खेलले नेपाली क्रिकेटप्रेमीलाई ऊर्जा प्रदान गर्दै क्रिकेटमा महिला प्रतिभाको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ । क्रिकेट नेपालमा सबैभन्दा बढी लोकप्रिय खेलकुदमा पर्छ । यो सिरिज अन्तर्गतको खेल बिहीबार ९माघ १७० गतेबाट त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किर्तिपुरमा सुरु भएको थियो ।
नेपाली महिला क्रिकेट टोलीलाई यस सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलहरूको प्रवेश निःशुल्क बनाएको छ । सिरिजमा सहभागी टिमले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्न ेछन् । नेपाली टिम यो सिरिजमा इन्दु बर्माको कप्तानीमा खेल्दै छ । कप्तान इन्दुसँगै टिममा पूर्व कप्तान रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट समावेश छन् ।
यो सहकार्य वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको ज्वलन्त उदाहरण भएको एनसेलले जनाएको छ । कम्पनीले खेलकुदको विकास, युवा सशक्तिकरण र सामाजिक एकताको प्रवद्र्धनमा योगदान दिँदै नयाँ उचाइ हासिल गर्ने लक्ष्य रहेको जनाएको छ ।
एनसेलले यो वर्षको नेपाल प्रिमियर लिगमा पावर्ड बाई पार्टनरको रुपमा आवद्ध भएको थियो । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ । एनसेलले पाँचौ टाईगर कप, त्रिकोणत्मक टी ट्वान्टी आई सिरिज २०२४, आइसिसी लिग २ र नेपाल–क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगितालाई पनि सहयोग प्रदान गरेको थियो ।
एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत, राष्ट्रिय प्यारालिम्पिक समिति ९एनपिसी० नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीलाई सहयोग र समर्थन गर्दै आएको छ । गत भदौमा पारा–ताइक्वान्डो खेलाडी पलेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई १० लाखसहित सम्मान गरेको थियो ।
तपाईको प्रतिक्रिया